नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन सेप्टेम्बर २५ मा हुने

1698

 

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैठौँ अधिवेशन आगामि  सप्टेम्बर २५ मा हुने भएको छ । संस्थामा आवद्ध क्रियाशिल पत्रकारहरुको आईतवार सम्पन्न भेलाले संस्थाको अधिवेशन  कोरियाको महान पर्व छुसकको अवसर पारेर आगामी सेप्टेम्बर २५ तारिखमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खेम कार्कीले जानकारी दिए ।

छुसक पर्वको अवसर पारेर कोरियामा क्रियाशिल पत्रकारहरुकालागी तीनदिने पत्रकारिता तालिम प्रदान गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष कार्कीले जानकारि दिए । तालिममा कोरियाको प्रशिद्ध सञ्चार संस्थामा आवद्ध पत्रकार र नेपालबाट आउने अतिथी पत्रकारले प्रशिक्षण दिने उनले बताए ।

सन २००६ मा स्थापना गरिएको यो संस्थामा विभिन्न संञ्चार संस्थाहरुमा क्रियाशिल ३९ जना पत्रकार आवद्ध रहेका छन् ।

यस्तै भेलाले कोरियाको वँसाई अवधि पुरा गरी नेपाल फर्किन लागेका संस्थाका उपाध्यक्ष विकाश श्रेष्ठलाई सम्मान सहित  विदाई गरेको छ ।

 

 

प्रतिक्रियाहरू