नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको विशेष बैठक यहि आइतबार १२ बजे, सवै पत्रकार भेला हुन आह्वान

0
645

 

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको यहि जुन २४ तारिख आइतबार विशेष बैठक बस्ने भएको छ । जुन ३ तारिखको अनलाइन बैठकको निर्णय अनुसार पत्रकारका समस्या, अधिवेशन तयारी, नयाँ पत्रकारको इन्ट्री, अनलाइन मिडियाबीचको कमिटि लगायतका विषयमा छलफल गर्न आउदो आइतबार दोङ्देमनूनको ७ नम्बर गेट नजिकैको कोरियन बुफे हलमा आइतबार ठिक १२ बजे विशेष बैठक बस्ने भएको हो । विशेष बैठकमा कोरियामा देखिएका विविध समस्यार सरोकारवाला निकायलाई थप गम्भिर पार्न दबाब दिने उपायका बारे गहन छलफल हुने भएकोले कोरियामा क्रियाशिल सम्पुर्ण अनलाइन मिडिया, पत्रकार सहकर्मीहरु सहभागी हुन महासंघले आग्रह गरेको छ । महासंघमा आबद्ध नहुनु भएका र नयाँ आउनु भएका सम्पुर्ण पत्रकार पनि उपस्थित हुन पनि अध्यक्ष खेम कार्कीले अपिल गर्नु भएको छ ।
अनलाइन मिटिङमा भएका निर्णयहरुमा विशेष छलफल हुने छ ः
१ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विभिन्न मिडियामा आवद्ध पत्रकारहरु संग यही जुन २४ तारिख आईतबार भेटघाट तथा छलफल कार्यक्रम गर्ने भएको छ । विभिन्न मिडियामा आवद्ध पत्रकारहरु विच को समन्वय आपसी सम्बन्ध विस्तार र अनुभव साटासाटको लागि यस्तो कार्यक्रम गर्न लागिएको हो ।
२।नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको सदस्यहरुको सदस्यता नविकरण गरी महासंघ केन्द्रीय कार्यलय काठमाण्डौंबाट कार्डहरु मगाउने ।
यसको लागि २०१८ जुन २४ तारिख आईतबार सम्म सदस्यता नविकरण शुल्क सहित आवश्यक डकुमेन्ट दिएर प्रकृया पुरा गर्नुपर्ने । नया सदस्यता आवेदन दिएर कागजात पुरा नदिएकाहरुले जुन २४ भित्र आवश्यक कागजात पुरा गर्नुपर्ने ।
शाखाको यस अघि मार्चमा भएको साधारण सभाको बेला लिइएको नया सदस्यता तथा नविकरणलाई फाईनल गरि नेपाल बाट सदस्यता कार्ड मगाउन लागिएको हो ।
पुनश्चः यस बेला सम्म नविकरण नगर्नेहरुको नविकरण नहुने र सदस्यता कार्ड पनि आउने छैन । यो सबै प्रकृया साधारणसभाको रेकर्ड र नेपाल पत्रकार महासंघको वैदेशिक नियमावली बमोजिम हुनेछ ।
३ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको कार्यसमितिका साथीहरुको भिसा सकिने र नेपाल फर्किने क्रम बढे संगै कार्यसमिति पुर्नगठनको आवश्यकता देखिएको छ । यसमा नया अधिवशेनको प्रकृयामार्फत गर्दा संस्थामा थप गतिशिलता आवश्यक महसुस गरी कोरिया शाखाको अधिवेशन आगामी कोरियन चाड चुसकको अवसरमा गर्ने गरी आन्तरिक तयारी शुरु गर्ने ।
यसको लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयबाट अनुमति लिने, केन्द्रीय अध्यक्षलाई निमन्त्रणा गर्ने , लगायतको थप तयारी गर्ने ।
४ अधिवेशनको अवसरमा छुसकको बेला नेपालीहरुको समय पनि मिल्ने हुदा ३ दिने पत्रकार प्रशिक्षण गर्ने । यसको लागि कोरियामा सबै मिडियामा आवद्ध पत्रकारहरु , कोरियामा रहेका विभिन्न संघ संस्थाहरुलाई कम्तिमा २ जना प्रतिनिधिलाई स्वेच्छिक रुपमा तालिममा पठाउने र तालिम शुल्क ५०हजार वन सहित प्रमाण पत्र समेत दिनेगरि व्यवस्थित तालिका बनाएर पत्रकारिता तालिम दिने ।
५ विविध ः कोरियामा रहेको नेपाली मिडिया र कोरियाली मिडियाविच सहकार्यको लागि तयारी गर्ने , यस अवधिमा भएका कार्यक्रमहरुको टिपोट, आर्थिक व्यवस्थापन लगायत विभिन्न तयारी विषयमा आगामी २४ तारिख हुने भेटघाट कार्यक्रमको अघिपछि मिलाएर कार्यसमिति वैठक बस्नेत र थप तयारी गरिनेछ ।
सम्पर्कः
०१०६४५३३०५० खेम कार्की, अध्यक्ष
०१०६५३३७४३१ रञ्जन कुँवर, बरिष्ठ उपाध्यक्ष
०१०६४६३८७७४ विकास श्रेष्ठ, उपाध्यक्ष
०१०३६४२५४६५ सन्दीप पाण्डे, उपाध्यक्ष
०१०२६६५३९९५ मञ्जु गुरुङ, सचिब
०१०७२०६५५१६ दुर्लभ पोखरेल

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here