नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कोरियामा नेपाल डे मनाइयो, कोरियन पर्यटक वृद्धि हुने अपेक्षा

1587

नेपाल पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैर आवासिय नेपाली संघ एनआरएन कोरिया, नेपाली विद्यार्थी समाज सोन्सिकको संयुक्त आयोजनामा दक्षिण कोरियाको राजधानी सउलमा नेपाल डे मनाइएको हो । नेपालमा कोरियन पर्यटकलाई आर्कषण र जान उत्प्रेरणा गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाल डेमा सउल महानगरपालीका, नेपाली दुतावास र नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको थियो । नेपाली सम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ ,नेपाल पत्रकार महासंघ,वुमन फर वुमन लगायत नेपाली संघ संस्थाको विशेष सहयोग र सहभागीता रहेको थियो । राजधानी सउलको ख्वाङमून रेल स्टेशनबाट नेपाली पर्यटकस्थल, संस्कृति झल्काउने विविध भेषभुषा सहित नेपाली पोशाक पहिरिएका सयौ नेपालीका साथ परेड गरिएको थियो । भने कार्यक्रमस्थलमा विश्वको अग्लो शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकिय स्थलको फोटो प्रदर्शन गरिएको थियो । त्यस्तै जातिय भेषभुषा सहितका नेपालीले आफ्नो नाँच प्रस्तुति गरेका थिए भने कोरियनहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।

नेपालको प्राकृतिक, साँस्कृतिक, कला, धार्मिक महत्वका स्थानको जानकारी दिन भिडियो समेत प्रदर्शन गरिएको थियो । समृद्ध नेपाल र सुखि नेपालीको महत्वकाक्षा पुरा गर्न सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२०लाई सफल पार्न नेपाल डे आयोजना गरिएको आयोजक एनआरएन कोरियाले जनाएको छ । एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानलाइ कोरियन पर्यटकलाई नेपाल भ्रमण गर्न उत्साहित पार्न नेपाल डे मनाइएको बताउनु भयो । त्यस्तै सोनसिकका अध्यक्ष बिजय बस्नेतले भने नेपालको पर्यटकिय स्थल बारे कोरिया र विश्वभर प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल डेको उद्धेश्य रहेको बताउनुभयो । नेपाल डे नेपालमा कोरियन पर्यटक वृद्धि गर्न आयोजना गरिएको र पर्यटक भित्र्याउन दुतावासले विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि स्टल राखेर कार्यक्रम गर्दै आएको पनि राजदूत अर्जुन जङ बहादुर सिंहले बताउनु भयो । दक्षिण कोरियामा इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम वृद्धि भएसँगै नेपाल बारे कोरियनको चासो पनि बढिरहेको छ । कोरियनहरु अन्नपुर्ण पदमार्ग, हिमालका बारे बढि चासो लिइरहेका हुन्छन् । कुटनीतिक निकायले जुन स्तरमा प्रचार गर्नुपर्ने हो त्यो कोरियाको परिप्रेक्ष्यमा कमि नै रहेको छ । पर्यटन वर्षलाई लक्षित नभएर पर्यटक भित्र्याउन कुटनीतिक थप क्रियाशिल भएर अझ विभिन्न खाले कार्यक्रम गर्न आवश्यक रहन्छ । नेपाल सरकारले विदेशमा रहेका आफ्ना कुटनीतिक निकायलाई पर्यटन प्रचार र लगानी भित्र्याउन बढि सक्रिय हुन र संबेदनशिल भएर लाग्न आदेश र दबाब दिए सरकारको पर्यटन वर्ष सफल हुने छ ।

 

प्रतिक्रियाहरू