नेपाल बौद्ध परिवार कोरियाले धार्मिक र पर्यटकिय स्थलको भ्रमण गर्यो

1926

 

नेपाल बौद्ध  परिवार द्वारा पर्यटक तथा धार्मिक स्थल गाङ्वान-दो स्थित शिन हुङ्सा गुम्बा र नकसान समुन्द्रको भ्रमण सफलता पूर्वक सम्पन्न गरियो ।

नेपाल बौद्ध परिवार द्वारा भ्रमण सफलता पूर्वक सम्पन्न गरियो। २०१८ जुलाई २२ तारिख आईतवारका दिन ८० जनाको सहभागीतामा दोसंसा गुम्बाको आयोजनामा दक्षिण कोरियाको पर्यटक तथा धार्मिक स्थल गाङ्वान-दो स्थित शिन हुङ्सा गुम्बा र नकसान फादा समुन्द्रको भ्रमण सफलता पूर्वक सम्पन्न गरियो ।

उक्त भ्रमणको अवसरमा शिन हुन्ग्सा गुम्बामा दोसंसा गुम्बा बिदेश विभागका आनी र सउल नेपाल गुम्बाका प्रमुख लामा कुन्सांग दोर्जे ज्यू बाट धार्मिक विधि अनुसार पाठ पूजा गरि गुरु पद्मा संभवको खास दिन तिथि १० (छेवा च्यु ) परेको हुनाले विधिबद डंगले पूजा आजा गरियो। त्यसै गरि पूजाको लगत्तै दिउँसोको खाना खाई औउपचारिक कार्यक्रम गरियो । उक्त औपचारिक कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस नेपाल बौद्ध परिवारलाई सहयोग गर्दै आउनु भएका बिभिन्न संघ संस्था र ब्यक्तिहरुलाई अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मो र कार्यक्रम सञ्चालक महा सचिव प्रीतम गुरुङ्ले कदर पत्र द्वारा सम्मानित गरियो ।

अध्यक्ष ह्योल्मोले सम्पुर्ण सम्मानित भएको ब्यक्ति तथा संघ संस्थाहरुलाई बिशेष धन्यवाद दिँदै सम्पुर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुलाई भ्रमणको शुभकामना दिनु भयो। बुद्धको जन्मभूमि लुम्बिनी नेपाल लाई चिनाउनु र यस संस्था लाई आगामी दिनमा यसै गरि साथ सहयोग गरि दिन हुन अनुरोध पनि गर्नु भयो। उक्त औपचारिक समाप्तिको लगत्तै नक्सान फादामा रमाइलो गरि भ्रमण कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गरियो ।

प्रतिक्रियाहरू