Home प्रमुख समाचार नेपाल भलिबल कपको टाईसिट सार्बजनिक, जुलाई २८ मा १३ टिम बीच प्रतिस्प्रधा

नेपाल भलिबल कपको टाईसिट सार्बजनिक, जुलाई २८ मा १३ टिम बीच प्रतिस्प्रधा

0
नेपाल भलिबल कपको टाईसिट सार्बजनिक, जुलाई २८ मा १३ टिम बीच प्रतिस्प्रधा

नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो जुलाई २८ तारिख सउलमा हुन लागिरहेको दोश्रो नेपाल भलिबल कप २०१९ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको खेल तालिका सार्बजानिक भएको छ।

संघको संयोजक भजिन्द्र क्षेत्रीको संयोजकत्वमा गत आइतवार सउलल नाङ्लो रेष्टुरेन्टको सभा हलमा सम्पन्न टिम दर्ता कार्यक्रममा कुल १३ टिमको सहभागिता रहेको जसमा स्याङ्जा परिवार निलो,आनसान समाज बी, गुन्सान समाज, सोलुखुम्बु सम्पर्क समिति, आनसान समाज ए र विश्वकर्मा समाज ए पोल अन्तर्गत रहेर प्रतिस्पर्धा गर्नेछन भने म्याग्दी मोना, पर्वत समाज, स्याङ्जा परिवार हरियो, कालीगण्डकी ब्वाईज ,बाग्लुङ समाज निलो, गुल्मी सम्पर्क समिति र बाग्लुङ समाज सेतो बी पोल अन्तर्गत रहेर प्रतिस्पर्धा गर्नेछन्।

कोरियन गर्मी बिदाको पारेर कार्यक्रमको आयोजना गरेको हुनाले उल्लेख्य दर्शकको अपेक्षा गर्दै कोरियाबासी सम्पूर्ण भलिबल खेलप्रेमी दर्शकहरु र कोरियामा क्रियाशील संघसंस्थाका प्रतिनिधि ज्यूहरुलाई उपस्थितिको लागि संघले हार्दिक अनुरोध गरेको छ। कार्यक्रममा प्रतिस्पर्धात्मक खेलका साथै नेपाली स्वादिष्ट परिकारहरुको स्टल पनि रहने जानकारी गराएको छ।

भलिवल प्रतियोगिता सउल स्थित सन्वुक कक्मिन छेउक्ग्वान, ओलगुकदोगंको हलमा विहान ९ बजेदेखि शुरु हुनेछ । सहभागी टीमबाट प्रथम हुनेले नगद १५ लाख कप र प्रमाण पत्र, द्धितिय हुनेले ११ लाख नगद सहित कप प्रमाण पत्र र तृतिय र चौथो हुनेले नगद ३ लाख ५० हजार सहित प्रमाण पत्र प्रदान गरिने भलिवल संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here