नेपाल भ्रमण बर्ष २०२० लाइ प्रबर्दन गर्न कोरियाको राजधानी सियोलमा पन्चेवाजा सहित खुल्ला चौरमा दशैं मनाइदै

394

कोरियाको राजधानी सियोलमा धुमधाम संग दशैं मनाइने भएको छ l विदेशमा रहेर पनि आफ्नो मौलिक कला संस्कृति तथा  पर्वहरुलाई जगेर्ना गर्ने  उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि एन आर एन ए , एनसीसी तथा  सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त अायोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भव्यताका साथ मनाइने भएको हो  ।
यही अक्टोवर १३ तारिख अाईतबार ,पूर्णिमाका दिन नेपाली पन्चेबाजा सहित दोंदेमुन देखि नजिकै खुल्ला चौरमा दशैँ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएका छन् l कार्यक्रममा   विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती सहित टिकाजमरा ग्रहण, शुभकामना अादानप्रदानका साथ दशैं महोत्सव मनाइने बताइएको छ l साथमा नेपालीको खानाको परिकारहरु पनि राखिने बताइएको छ l उक्त स्थानमा नेपाली परम्परागत शैलीमा लिंगे पिंग समेत खेल्न सकिने छ l
यस्ता खाले कार्यक्रमले चाडबाडको बेला बिदेशमा रहेका नेपालीहरुमा हुने  नैराश्यपनालाइ कम गर्न ठुलो टेवा पुग्ने एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीको बुझाइ छ l केसी भन्दछिन  ” प्रवासमा रहेपनि आफ्नो मौलिक कला , संस्कृति र पर्वलाई  कहिले भुल्नु हुदैन l त्यसैअनुरूप हामीले मौलिक परम्परागत रूपमा दशैँ  कार्यक्रम आयोजना गरेका छौ ”

कार्यक्रम  नेपाली पन्चेवाजा तथा बिबिध साँस्कृतिक कार्यक्रम  सहित खुल्ला ठाउमा गरिने हुदा यसले नेपाली कला ,संस्कृतिलाइ कोरियन सामु पुर्याइ नेपाल भ्रमण बर्ष २०२०लाइ प्रबर्दन गर्न थप टेवा पुर्याउने आयोजक संस्थाहरुको  को बिश्वास छ l
संयुक्त रुपमा आयोजना हुन् लागेको उक्त कार्यक्रममा  संघसंस्था,पत्रकार, विद्यार्थी , व्यवसायी, श्रमिक  तथा यत्रतत्र छरिएर रहनुभएका कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी आयोजकले  हार्दिक निमन्त्रणा समेत गरेको छ l
स्थान ,मिति र समयको लागि तलको निमन्त्रणा कार्ड हेर्नुहोला

प्रतिक्रियाहरू