नेपाल मगर संघ कोरियाले एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

581

 

स्वास्थ्य नै धन हो । परदेशी जिबनमा स्वस्थ जिबन यापनको अत्यन्त जरुरी छ ।कोरियामा भाषागत र विभिन्न  कठिनाइले नियमित स्वास्थ्य चेकअप र उपचारको पहुच कम रहेको अवस्था मध्यनजर गर्दै  सौल माइग्रेन्ट सेन्टरको प्राबिधिक सहयोग तथा नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा छाला ,हाड जोर्नी तथा नशा ,इन्टर्नल मेडिसिन ,दात समस्याहरुको बिशेषज्ञ सेवा सहितको नि शुल्क स्वास्थ्य शिबिरको दक्षिण कोरियाको राजधानि  सियोल को तुङ्देमुन नजिकै आयोजना गर्न लागेको हो ।  आगामी  आइतवार   को दिन हुने उक्त  निशुल्क स्वास्थ्य शिबिर को फाईदा लिनको लागि सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मगर संघ कोरियाले अनुरोध गरेको छ ।

-- Ad --


थप जानकारी
मिती – २० जनवरी आइतवार
समय – बिहान ११ बजे देखी
स्थान -수수헌, 서울 종로구 지봉로12가길 56-4 (मेट्रो लाइन नम्बर   १ दोङम्योआप स्टेसन नजिकै लोट्टे क्यास्ट्रोल सङ्गैको भबन )
नाम दर्ता सम्पर्क – खड्ग थापामगर ०१०-३२१८-२३९८   कृष्ण रानामगर ०१०-९२२४-९५१४  टेक पुन ०१०२१७७३९६४