नेपाल मुक्त्तक प्रतिष्ठानले फेब्रुवरी ५ मा बृहत साहित्य मेला गर्ने

319

नेपाल मुक्त्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाले यहि फेब्रुवरी ५ तारिखमा बृहत साहित्य मेला गर्ने भएको छ। साहित्य प्रेमी मनहरुको श्रृजनालाई एकत्रित गर्ने उद्देश्यले बि.स. २०७२ सालमा कोरियामा स्थापना भएको प्रतिष्ठानले यस अघिका वर्षहरुमा पनि साहित्यिक क्षेत्रमा कयौँ साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ। यस पटकको सलनालमा हुने साहित्यिक मेलामा जीवन भण्डारीको गजल संग्रह राहत लोकार्पण पनि गरिने भएको छ।

साथै, कोरियामा रहनु भएका साहित्यिक व्यक्तित्वहरु बाट कबिता, गजल तथा मुक्तक बाचन हुनेछ। सर्जकका सृजना सुन्ने र आफ्नो सुनाउने एक भब्य साहित्यिक कार्यक्रम भएकोले इच्छुक साहित्यिक मनहरु लगायत कोरियामा रहनु भएका समपूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन आयोजकले हार्दिक अनुरोध गरेको छ। कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा गरिने कार्यक्रमको सुरु समय भने बिहानको १० बजे राखिएको छ।

प्रतिक्रियाहरू