नेपाल सहयोग समिति ख्वाङ्जु दक्षिण कोरियाले बृहत तीज मनाउने

183

“सल्ल बल्ल खानि हो,यसपालीको तिजमा ख्वाङजु जानी हो”।नेपाल सहयोग समिति ख्वाङ्जु दक्षिण कोरियाको आयोजनामा नेपाली नारीहरुको माहान चाड हरितालिका तिजको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा सामुहिक दर खाने कार्यक्रम हुने भएको छ।

“सगरमाथा छिचोलेर समुन्द्रमा आएनी,हाम्रै धर्म संस्कृति प्यारो बरिलै”।ख्वाङ्जु आसपासमा रहेका नेपाली दीदीबहिनी तथा दाजुभाईहरुलाई नेपाली मौलिक चाडपर्वहरुको झल्को मेटाउन,एकआपसमा शुभकामना साटासाट गर्नुको साथै मनोरंजनात्मक तवरले नेपाली पहिचान झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष अरुण क्षेत्रीले बताउनुभयो।

“प्रवासैमा भएपनि छमछमि नाचिन्छ,बिना संकोच बारुले कम्मर भॉचिन्छ”।रमणिय शहर ख्वान्जुको वलगुक सिजाङमा रहेको पार्कमा सेप्टेम्बर १तारिक आईतबारका दिन ठिक ११बजे शुरुहुने कार्यक्रमको ब्यवस्थापनको संपुर्ण तयारी पुरा भएको जानाकारी नेपाल समुदायिक समिति ग्वाङ्जुका कोषाध्यक्ष गुरुदत्त पराजुलीले जानाकारी दिनुभयो।

“बर्षदिनका उकुसमुकुस कति बस्नी रोएर, धोई पखाली गर्नि हो ख्वान्जु गएर”।मनका पिडा भुलाउनी तिज गित सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रम दीदीबहिनीहरुलाई निःशुल्क गरिएको छ।संस्थाका महिला संयोजक सिता लामाले भन्नुभयो।

प्रतिक्रियाहरू