नेपाल सामुदायिक समिति खुवान्जुको साधरण सभा हुँदै

213

दक्षिणकोरियाको राजधानि सउलदेखि ४सय किमि टाढा रहेको एतिहासिक शहर जलनाम्दो ख्वान्जुमा रहेका नेपालीहरुको संस्था सामुदायिक सेवा समितिको तेश्रो बार्षिक साधरण सभा हुनेभएको छ।

सो साधरण सभा १२ मे सन २०१९ आईतबार दिउँसो २बजे शुभारम्भ हुने छ।उक्त सभा ख्वान्जुको हानम १ नंवर स्थित रेक्जिवन भवनको पॉचौ तलामा रहेको सभा हलमा आयोजना गरिएको जानाकारी संस्थाका कोषाध्यक्ष गुरुदत्त पराजुलीले बताउनु भयो।

करिव ७बर्ष अघि बिभिन्न प्रयोजनमा कोरियाको यस क्षेत्रमा कार्यरत नेपाली युवायुवतीहरुको सक्रियतामा सामाजिक भावनाले भेटघाट आदानप्रदानको साथै बिभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ।

दुख:मा परेका नेपाली युवयुवतीहरुले सुरक्षित काम नपाईन्जेल सम्मको लागि सेल्टरको स्थापना गरेको छ।नेपालीहरुकै साथ सहयोगले यसको संचालन हुँदै आएता पनि दिगो ब्यवस्थापनको चुनौती बेलाबखतमा खटकिरहेको अनुभव पुर्व सचिव तथा सल्लाकार रामचन्द्र बरालले सुनाउनु भयो।

संस्थाले भुकम्प,बढिपैरो,हावाहुरी जस्ता प्रकोप मातृभुमिमा हुँदा सहयोग अभियान चलाएर प्रभावितहरुको पिडामा मल्हम लगाएको कुरा पुर्व अध्यक्ष सन्तोष पराजुलीले बताउनु भयो।

साधरण सभामा बार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिबेदन लगायत संस्थाका विविध कार्यक्रमको विवेचना गर्नुको साथै आगामि कार्यक्रम के गर्ने भन्ने बारेमा छलफल केन्द्रित हुने छ।सो साधरण सभामा सहभागिता जनाई आफ्ना अमुल्य सुझाव सल्लाह दिन ख्वान्जु र यस आसपासमा रहनुहुने संपुर्ण नेपाली दाजुभाई दीदीबहिनीहरुमा बिनम्र अनुरोध सामुदायिक सेवा समिति ख्वान्जुले गरेको छ।

प्रतिक्रियाहरू