“न्यानो बाँडौँ” अभियान अन्तर्गतको दोश्रो कार्यक्रम धादिङ्गको बिपन्न चेपाङ्ग समुदायमा सम्पन्न ।

0
83

दक्षिण कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उपलब्ध गराईएको यो वर्षको जाडो मौसमको दोश्रो राहत- धादिङ्ग जिल्लामा बितरण गरिएको छ। धादिङ्ग समाज कोरियाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको बेनीघाट रोरागं गाउँपालिका स्थित बिकट तथा बिपन्न समुदाय “मासखर्क” का ४५ घर परिवारलाई जाडोको लागि आवश्यक कपडा (कम्बल) हिजो बितरण गरिएको हो ।

उक्त सहयोग कोरियामा रहेका सक्रिय सामाजिक अभियान्ताहरुको समुह “न्यानो बाँड्ने अभियान” मार्फत उपलब्ध गराइएको थियो । यस अभियानको अर्को नाम “मान वन अभियान” पनि रहेको छ । जसको अर्थ- प्रति ब्यक्ति मान वन अथवा लगभव नेपाली एक हजार रुपैयाँ संकलन अभियान ।

-- Ad --


कोरियामा रहेका नेपालीहरुको लागि (मान वन) सहयोग धेरै नभएता पनि नेपालका ति बिपन्नतालाई भने ठुलो राहत मिल्न सक्ने भन्दै बिगत चार बर्ष देखि नै हरेक जाडो मौसममा आफुहरुले कोरियामा मान वन संकलन गरि “हिमाल, पहाड, तराई कोही छैन पराई” भन्ने नारालाई आत्मसाथ गर्दै देशको बिभिन्न बिकट, बिपन्न, पिडित तथा पिछडिएका समुदायहरुलाई यसरी नै न्यानो बितरण गर्दै आईरहेको अभियानका एक अभियान्ता तथा धादिङ समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीले कोरियाबाट जानकारी गराउनुभयो ।

यस अघिका बर्षहरुमा आफुहरुले सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, धादिङ्ग, नुवाकोट, चितवन, दोलखा, सुनसरी, मोरङ लगायत जिल्लाहरुका बिपन्न समुदायमा १५ सय भन्दा बढी घर परिवारलाई यसरि नै न्यानो बितरण गरिसकेको, यसपाली पनि पहिलो राहत कर्णाली प्रदेश स्थिति बिकट कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न भईसकेको छ भने सिमाराको डुम बस्तीको लागि पनि तयारी भैरहेको कुरा अभियान्ता अधिकारीले बताउनुभयो ।

जिल्ला प्रसाशन कार्यालय धादिङ र रोरागं गाउँपालिका-२ को अनुमतिमा हिजो सम्पन्न मासखर्कको न्यानो बितरण कार्यक्रममा धादिङ समाज कोरियाको नेपाल सम्पर्क समितिका अध्यक्ष केशव श्रेष्ठ, सदस्य सुमन सिम्खडा, बर्तमान धादिङ समाज कोरियाका कार्यसमिति सदस्य मिलन लामा र ब्यबसायी  निर्मल थपलियाले सहजीकर्ताको भूमिका निवार्ह गर्नु भएको थियो ।

तर, राजधानी सँगै जोडिएको जिल्ला भएता पनि राज्यबाट उपलब्ध हुनु पर्ने बिभिन्न सेवा सुविधाहरुबाट आफुहरु बन्चित हुनुपरेको, खाने पानीको लागि 4-5 घण्टाको बाटो धाउनु पर्ने र प्राथामिक पढाईकै लागि पनि यस्तै समस्या रहेको स्थानीयको भनाई छ । आफ्नो जमिनबाट उब्जनी भएको अन्नले आधा बर्ष पनि खान नपुग्ने सो समुदायमा खासै कसैको पनि रोजगारी रहेको छैन । जंगली कन्दमुलकको भरले जिबन जिउन र एक सरो कपडाले जाडो टार्न बाध्य ति चेपाङ्गहरुले यो राहत प्राप्त गरेकोमा निकै खुसी ब्यक्त गरेका छन् । बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले प्रदान गर्ने राहत धेरै जसो सुगम प्रभावित हुने भन्दै आफुहरु हरेक कुराले पछाडि परेकोमा स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here