पत्रकार रबि लामिछानेको नेतृत्वमा बन्न लागेको रास्कोट अस्पतालको सयोगार्थ कोरिया बाट शुरु भयो बृहत अभियान

0
693

नेपालको दुर्गम जिल्ला कालिकोटमामा निर्माण हुन गैरहेको रास्कोट सामुदायिक अस्पतालको लागि कोरिया बाट आर्थिक संकलन अभियान शुरु भएको छ l
न्युज 24 को सिधा कुरा जनता संग को युनिटको बिसेष पहलमा बन्न लागेको उक्त सामुदायिक अस्पतालको निर्माणको नेतृत्व चर्चित पत्रकार रबि लामिछानेले लिएका छन् l
पत्रकार लामिछानेले त्यहाको यथार्थ बस्तुस्थिति अध्यन गरि देश विदेशमा रहेका युवाहरु संग सामुदायिक अस्पतालको आबस्यकता बारे बिसेष छलफल गरेका थिए l उनि जापान , कोरिया लगायतको भ्रमणमा रहदा अस्पतालको आबस्यकता  , किन र कसरि कोको ,कस्तो र के  भन्ने बारे ५ कुरा समेत बताएका थिए  l


अस्पताल सम्भवत दक्षिण एसियाकै पहिलो नमुना सामुदायिक अस्पताल हुने बताइएको छ । निर्माण सम्पन्न पश्चात बिसेष गरि दुर्गम जिल्लामा रहेका  ५० हजारभन्दा धेरै  अस्पतालको सेवाले लाभान्वित हुने  छन् ।
अस्पताल करिब आठ करोडको लगानीमा २०२२ मा निर्माण सक्ने लक्ष्य लिएको छ ।  लामिछानेले  नेतृत्व लिएको उक्त  अस्पताल निर्माणमा  स्थानीय स्वंयमले पहलकदमी लिएको, गैर नाफा मुलक, सामुदायिक स्वामित्व, स्थानीय र प्रदेश सरकारको सहयोग रहने जनाएको छ ।अस्पताल निर्माण भएसँगै कालीकोट र छिमेकि बाजुरा जिल्लाका स्थानियवासीले समेत सेवा पाउने अपेक्षा गरिएको छ l
उक्त अस्पताल निर्माणको सयोगार्थ कोरिया, जापान लगायत अन्य मुलुक वाट बृहत अभियान चलाई आर्थिक संकलन कार्य तिब्र रुपमा अगाडी बढेको छ l त्यसैगरी कोरियामा पनि सयौं युवा हरु आर्थिक संकलनको दौरानमा छन् l
यसभन्दा पहिला मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेशन ,महाबिर पुन , तथा स्वेता श्री फाउन्डेशन लाइ ठुलो आर्थिक सहयोग गरेको राष्ट्रप्रेमी युवाहरुको टोलीले यसपटक पुनः अर्को बृहत अभियान चलाईरहेको हुनाले कोरियाबासि नेपाली हरुबाट पूर्णतया साथ र समर्थन रहने अभियान्ता यम श्रेष्ठको बुझाइ छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here