पत्रकार रवि लामिछानेलाई खेदो खन्ने प्रयास भएको भन्दै सामाजिक सञ्जालमा चर्को आवाज

0
1345

पत्रकार रवि लामिछाने विरुद्ध राज्यका संयन्त्रबाट विवादमा तान्ने प्रयास भएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध र आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेस काउन्सि लगायतका राज्यका संयन्त्रबाट पत्रकार लामिछानेले अमेरिकी नागरिकता नत्यागेको र भिषा अवधि सकिएकोले काम गर्न नियमसंगत नभएको पत्र सार्वजानिक भएपछि आक्रोश ब्यक्त गरेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ता मध्ये पत्रकार समेत रहेको राजुश्रीको फेसबुक स्टाट्स यस्तो छ ।

रबि !

-- Ad --


गणतान्त्रिक रंगशालामा खुलेआम नाङ्गो नाचको बिश्वकप देखाउदै पेनाल्टी हान्न तम्सेका खेलाडी हरुका लागि तिमी कुशल किपर बनेर बल रोक्यौ ।

तिमिले ’सिधा कुरा’ र न्युज २४ को स्टुडियो लाई अन्याय मा परेका लाखौ नेपालिका लागि न्याय सम्पादन गर्ने न्यायलय नै बनायौ।अस्तब्यस्त, बिकृति र बिसङ्गति मा रमाउन चाहनेहरुका लागि हिरासत कक्ष जस्तै बनायौ ।अहिले तिमी माथि जुन दुष्प्रयास गर्ने चेष्टा भैरहेको छ यसबाट तिमिले हिम्मत हार्नु अर्ने अबस्था कत्ति पनि छैन ।

रबि !

सगरमाथा चुम्ने लक्ष्य राखेर हिडेका हरेक आरोहिले छोटो तर अत्यन्तै कठिन मृत्यु मार्ग जस्तै मानिने ’हिलारी स्टेप’ पार गर्नै पर्छ ।अहिले तिमी यहि स्टेपमा छौ ।तर तिमिलाइ यो स्टेपमा साथ दिन संसार तयार छ ।यो स्टेप पार पश्चात् चुचुरो मा पुगेर माथि हेर्दा खुल्ला गगन मा रबि चम्किरहेको देखिने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here