परदेशीको दशैँ – सधै खल्लो ( दशैँ बिशेष कुराकानी )

4054

धार्मिक आस्थाका हिसाबले मनाईने दशैँ नेपालीहरुको राष्ट्रिय पर्ब हो । यो पर्वमा ९ दिनसम्म दश हात भएकी नारीको प्रतीक स्वरूप शक्तिस्वरूपिणी दुर्गा भगवतीको उपासना गरी दसमीको दिन प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले माता भगवतीले सुख, शान्ति र आनन्द प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास पनि रहेको छ ।
दुई हात भएर पनि दश हात भए झैं सबैतिर ध्यान दिन सक्ने र प्रेम जगाउन सक्ने  नारीको , यो पर्वमा मात्र नभई आफ्नो घरमा पनि सम्मान गर्नु भन्ने सांकेतिक अर्थ बोकेको हुन्छ नवदुर्गा पर्वले ।
महिषासुर, शुम्भ, निशुम्भ एवं रक्तबीजरूपी राक्षस तत्व जसले समाजमा, घरमा र स्वयं व्यक्तिभित्र अत्याचार गरिरहेको छ त्यसलाई नष्ट गरिएको प्रतीक स्वरूप दुर्गाशक्तिको महिमा गाइन्छ । प्रत्येक व्यक्तिभित्र रहेको प्रेम, ध्यान र आनन्द जागृत हुन सके मात्र प्रत्येक वर्ष मनाइने दुर्गापूजा र बडादसैंको वास्तविक मर्म उजागर हुने मनुस्मृतिमा समेत उल्लेख गरिएको छ ।

त्यसैकै फलस्वरुप , दशै स्वदेश होस या बिदेश नेपालीहरु धुमधामसँग मनाउने गर्छन । के बालबलिका के युवायुवती के बृद्दबृद्धा सबैलाई एकसाथ स्वागत गरी रहेको हुन्छ सयपत्रीका थुङा हरुले । जन्मभुमी छोडी टाढा पुगेकी चेली होस या बिदेशिएको सन्तान अनि बर्षौ सम्म भेट नभएका साथी नै किन नहोस सबैलाई एकै ठाउँ जम्मा परिदिन्छ यस पर्वले । स्वादिष्ट परिकारका साथमा मिठा मिठा गफ गर्दै दोबाटो-चौबाटोहरुमा बनाइएका पिङको रमाइलो त झन कस्लाई पो याद न आउला र ? हरिया फाँटमा झुलेका ति  धानका बालाहरुले पनि कम्ती मोहनी लगाउदैनन यो मौसममा ।
तर बिबिध कारणले स्वदेश छोडी बिदेशिएका नेपालीहरुको दशै चाँही कसरी बित्ने गरेको छ त ? दक्षिण कोरियामा रहेका केहि नेपाली हरुसंग   दशैं- बिसेष कुराकानीको आधारमा हेल्लो नेपाल कोरिया डट कम सम्बादाता बबिता ओली (क्षेत्रि ) ले तयार पारेको एक   रिपोर्ट

लक्ष्मी लामा गुरुङ  – अध्यक्ष, एन आर एन ए  दक्षिण कोरिया

यसपाली मेरो दशैँ  बिधिगत रुपमा हुनेछ । कोरिया बसेको २३ वर्ष भयो तर कुनै वर्ष बिधिगत रुपमा दशैँ मनाउन पाएको थिएन तर यसपाली घरमा आफैले जमरा राखेको छु ।शुक्रबार दशैँ परेको भएर त्यो दिन घरको सब परिवार, घर वरिपरिका सब साथिहरु मिलेर टिका लगाएर मनाउने बिचार छ । र तपाईको यहि मिडिया मार्फत मलाई चिन्ने नचिन्ने सब नेपालि दाजु भाई तथा दिदिबहिनिहरुलाई दशैँको टिका लगाउन आउनु होला भन्न चाहन्छु । बिदेशको ठाउँमा मन दुखि भएर नबस्नु होला भन्न चाहन्छु । यसपाली सनातन साहित्य संगीत साधना समूह” (पाँच–स) र NRNA दक्षिण कोरियाको संयुक्त आयोजनामा दशैँ टिका कार्यक्रम गर्ने, नाच्ने, पिङ खेल्ने कार्यक्रम छ। जे होस, यसपालिको दशैँले चाँहि घरको तिर्शना मेटाउँछ कि भन्ने छ। अरु भन्दा पनि बिदेश भएपछि नेपालि चाड पर्वको झन महत्व हुदो रहेछ। यो दशैँ चाहिँ भन्नलाई हिन्दुहरुको चाड भनिए पनि म त भन्छु यो सब नेपालीहरुको साझा पर्व हो । नेपालीहरुको राष्ट्रिय पर्व हो । तर पनि काट मार गर्ने नगर्ने आफ्नो कुरा हो होईन ? तर यसको ठाँउमा नरिवल चढाए पनि हुन्छ भन्न चाहन्छु । र अन्त्यमा सबै नेपाली हरुलाई दशैँ राम्रो संग मनाउनुहोला । सबैलाई दशैँको सुभकामना भन्न चाहन्छु ।

तुल्सी पौडेल – सभापति नेपाली विद्यार्थी समाज (सोन्सिक)- दक्षिण कोरिया

पोहोर साल दशैंमा घर गएको थिए, अहिले जान पाइएन, परदेशको दशैं पनि के दशैं  हैन र ? दशैं भन्दा बित्तिकै परिवार, साथीभाई अनि गाउँघर आँखा वरिपरि  घुम्छ ।परिवार आफन्त बाट टाढा यो परदेशको परिवेश फेरी आफ्नै छ ।धेरै कुराहरु छन र पनि हामी आफ्नो चाड पर्व आफ्नै तरिकाले मनाएर न्यास्रो मेटाउने एउटा सामान्य कोशिस गर्छौ ।म पनि त्यही कोशीस गर्ने मध्ये पर्छु ।साथै, नेपाली विधार्थी समाजको सभापति भएको  नाताले कोरियाका विभिन्न विश्वाविधालयमा नेपाली विधार्थी समुदायले दशैं कार्यक्रम  आयोजना गर्नुहुन्छ र बोलाउनु हुन्छ सकेसम्म  समयले भ्याएसम्म सहभागी भएर मनाउने योजना छ । म पुस्तक पढ्न मन पराउछु, यो दशैंमा एउटा  नयाँ  नेपाली पुस्तक पढ्ने सोच बनाउएको छु ।  हेरौ,समयले कतिसम्म साथ दिन्छ ।

सपना शर्मा – समाजसेवी , दक्षिण कोरिया

दशै भन्ने बित्तिकै मलाई फेरी त्यो बाल्यकालमा फर्किनु मन लाग्छ (नयाँ कपडा,मीठो मीठो खाना,पिंङ्) कती रमाइला ती दिनहरु । घर छोडेर हिडेको १०वर्ष बितिसक्यो यो प्रदेशी भूमीमा । दशै भन्ने बित्तिकै सुरूमा घर परिवार, साथीभाइ,गाउँ आखाँ वरिपरि घुम्न थाल्दछ ।
कामको थकान,घर परिवारको याद, अनि चाडपर्व को बेलामा दुखेको मन र रोईरहेको आँखालाई भूलाउन कै लागी भएपनी खुसी हुने कोसीस् गर्छु ।
बिभिन्न सँघस्थाले दशै प्रोग्राम आयोजना गर्नुहुन्छ समय मिल्यो भने त्यही गएर रमाइलो गर्नेछु नत्र बिदाको दिन पारेर साथीभाइ सँग खाना खाने, नाच्ने गाउने,यसरी नै बित्छ होला मेरो यसपालीको दशै ।

टमलाल आर्याल  -सल्लाहकार, गुल्मी सम्पर्क समिति, दक्षिण कोरिया

८/९ वटा  दशैँ त कोरिया मै बित्यो । घर परिवार सँग सँगै बसेर दशैँ नमनाएको पनि तेत्ती नै भयो ।  दशैँको नजिक बिदामा गुल्मी सम्प र्क समितिले दशैँको शुभकामना आदान प्रदान कार्यक्रम गर्छ प्राय तेती बेला तेहिँ सबै साथीहरु भेट्घाट हुन्छ । टिका नलगाए पनि भेटघाटले अलिकती राहत भने दिन्छ।दशैको दिन पनि प्राय ड्युटी नै हुन्थ्यो जहिले । यसपाली पनि दशैँ कै दिन बिदा त मिलेको छैन तै पनि यो बर्ष सनातन साहित्य संगीत साधना समूह” (पाँच–स) र NRNA दक्षिण कोरियाले टिका लगाउने कार्यक्रम राखेको छ । त्यसैले , यो वर्ष चाँही टिका लगाउन पाइएला जस्तो छ । यसपाली दशैँ मनाउना पाउँदा एकदम खुशी लागेको छ । परदेशको दशैँ अरु त के भन्नु त्यो दिन बिशेस घर परिवारको याद आउँछ तर गर्न त के नै सकिन्छ र सम्झने बाहेक होईन र ? दशैको दिन  ड्युटी सकेर साथीहरु वसेर रमाइलो चाँही पक्कै गरिन्छ अनि टिकाको पर्सी पल्ट तेही सामुहिक टिका लगाउने कार्यक्रममा गएर टिका लगाएर यो बर्षको दशैँ मनाउदै छु ।

पद्ममा श्रेष्ठ – अध्यक्ष,वुमन फर वुमन, दक्षिण कोरिया

बिदेशको दशै के भन्नु र खै ( हाँस्दै ) कोरिया बसेको त धेरै बर्ष भयो तर बिगत २/३ बर्ष अघी देखी मात्र मैले दशैमा टिका लगाउने गरेको छु । यसपाली पनि टिका त लगाउँछु । यो बर्ष सनातन साहित्य संगीत साधना समूह” (पाँच–स) र NRNA दक्षिण कोरियाले टिका लगाउने कार्यक्रम गर्दै छ त्यही कार्यक्रममा जान्छु । सबै जना नेपाली दाजु भाई , दिदिबहिनीहरु त्यहिँ आउनुहुन्छ । जे होस , अरु साल भन्दा यसपालीको दशै बिशेस होला कि जस्तो लागिरहेको छ । अस्ती (पाँच–स) र एन आर एन  ए दक्षिण कोरियाले घटस्थापनाको दिन पनि नौदुर्गा भगवतीको पुजा पाठ कार्यक्रम गरेको थियो । सायद यो पहिलो चोटी होला कोरियामा । त्यस्मा पनि बसेर पुजा गर्न पाँए एकदम खुशी लागेको छ । हाम्रो  NRNA – अध्यक्ष लक्ष्मी गुरुङ दिदिले पनि यसपाली बिधिवत रुपमा जमरा राख्नु भएको छ । बिहान ४ बजे देखी पन्डितहरुले पुजा गर्नुहुन्छ नौदिन सम्म । म त्यहाँ पनि जान्छु । हामी सबै संगै बसेर नै यसपाली को दशै मनाउछौँ र अन्त्यमा,  दशैको सबैलाई मंगलमय शुभकामना पनि भन्न चाँहन्छु ।

 

प्रतिक्रियाहरू