
चर्चित कवि नवराज पराजुली कोरिया आउने भएपछि कोरियामा रहेका नेपालीहरु उत्साहित भएका छन। मार्मिक र हृदयस्पर्सी कविताले दर्शकलाई भावुक र आफ्नो बसमा पार्न खप्पिस कवि पराजुलीको कार्यक्रमका लागि कोरियाका नेपालीहरु कार्यक्रम हेर्न उत्साहित भएका हुन् । कोरियामा पहिलो पटक नितान्त नयाँ र नौलो अनुभुती रहने कविता कन्सर्ट नाम दिइएको उक्त कार्यक्रम प्रति नेपालीहरुको सकारात्मक प्रतिक्रिया पाएपछि आयोजक संस्था पनि उत्साहित बनेको छ ।
झापाली समाज कोरियाले जुन ३० मा जोगेसा गुम्बामा आयोजना गर्ने कविता कन्सर्ट कार्यक्रममा हृदयस्पर्शी धुनहरुसँगै पराजुलीले वाचन गर्ने कविताले उपस्थित दर्शकहरुलाई आनन्दित मनोरोञ्जन दिलाउनेछन् ।
कवि पराजुलीको कबिता संग्रह सगरमाथाको गहिराईलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। सगरमाथाको गहिराई मदन पुरस्कारको लागि समेत छनोटमा परेको थियो। परदेश गएको छोराका लागि लेखिएको उनको कबिता ” हेब्बी बड्डे ” निकै लोकप्रिय छ। समकालीन पुस्ताका साहित्य जगतमा नवराज पराजुली एक धारावाहिक कवि हुन्। झापाली समाजका अध्यक्ष नविन बास्कोटाले सबैको मन मस्तिकमा बस्न सफल कविको बिशेष प्रस्तुती हुने कविता कन्सर्ट कार्यक्रममा उपस्थित भएर सहयोग गर्न अपिल गरेका छन् ।