परदेशी

796

प्रदेशीले सारा बिदेश अघाउनु पर्छ अब।
देश बनाउनमा मिली सघाउनु पर्छ अब।।

अर्काको मुलमा अमानबिय दुख भोग्छौ कति।
आफ्नै बारिमा पसिना बगाउनु पर्छ अब ।।

गरीबिले लखटिएका युवा हामी फर्की घर ।
पालो गरीबिलाई टाढा भगाउनु पर्छ अब।।

गरे के हुदैन आफ्नै देशमा हुन्छ सबै उठौ।
सुस्ताएका जागरहरु जगाउनु पर्छ अब।।

PR पर्मानेन्ट रिणा हो लिन्छौ? देशले धिकार्ला।
छोड शुन्दर मातृभुमी सजाउनु पर्छ अब ।।

बिदेशमा छुट्ने पसिना आफ्नै माटोमा बगाइ।
बाजो खेतमा कुलो पानी लगाउनु पर्छ अब ।।

आर.डी.धनुश रानामगर
(नवलपरासी)

प्रतिक्रियाहरू