Home प्रमुख समाचार पाँच-स दक्षिण कोरियाले जनैपूर्णिमा मनाउदै, सहभागीताको लागि कोरियावासी नेपालीलाई आग्रह

पाँच-स दक्षिण कोरियाले जनैपूर्णिमा मनाउदै, सहभागीताको लागि कोरियावासी नेपालीलाई आग्रह

0
पाँच-स दक्षिण कोरियाले जनैपूर्णिमा मनाउदै, सहभागीताको लागि कोरियावासी नेपालीलाई आग्रह

विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना गर्ने महान उद्देश्यका साथ स्थापना कालदेखि नै विविध कार्यक्रमहरु गर्दै आईरहेको सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको आयोजना तथा कान्तिपुर रेष्टुरेण्टको संयोजनमा यही अगष्ट १५ तारिख विहीबारका दिन  आन्सान स्थित कान्तिपूर रेष्टुरेण्टको हलमा जनै पूर्णिमा पर्व मनाउने भएको छ । सो अवसरमा बिहान दश पैतालिस बजेदेखि शिवजीको पूजाआरर्धाना  रुद्राभिषेक यज्ञोपवित तथा रक्षाबन्धन अभिमंत्रण र धारण गर्ने  कार्यक्रम रहेको कुरा पाँच-स का महासचिव प्रेमराज अधिकारीले जानाकारी दिनुभएको छ ।
सनातन धर्ममा जनैको विशेष स्थान छ। हिन्दु  धर्मावलम्बीहरुमा ब्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काँधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ। देख्दा धागो जस्तो भएता पनि यसभित्र वैदिक विधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ,धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरी सकेपछि त्यो जनै वा यज्ञोपवित बन्दछ।
जनै पुर्णिमाको दिनमा विधिपूर्वक अभिमंत्रण गरेर तन्तु देवता र शिखामा ब्रम्हा विष्णु र महेश्वरको पूजा गरी ब्रम्ह सूत्र बनाइन्छ र विधिपूर्वक ब्रम्हसूत्र धारण गर्ने गरिन्छ ।
धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ । जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन। जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिवार्य धारण गरेको हुनु पर्दछ। बिना जनै गरिएको काम पूरा नहुने मात्र होइन विपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ। जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन तन,मन,बचन र भाब शुद्ध गरी देवता,मनुष्य, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।


ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ।
,यज्ञोपवित धारण बैदिक बिधान द्वारा सस्कारित द्विजहरुले गर्ने गर्दछन भने अन्य सबै नारि पुरुषले डोरो वा रक्षाबन्धन धारण गर्ने गर्दछन।
रक्षा बन्धनको धारणले व्यक्तिलाई विविध किसिमका अफ्ठ्यारो परेको बेलामा पनि रक्षा गर्नेछ भन्ने धार्मिक मान्यता र किम्बदन्तीहरु पाइन्छन। रक्षाबन्धन अभिमंत्रित गरेर बाध्ने बेलामा पढिने मन्त्र यस प्रकार छ।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।
नेपालि भाषामा
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,विचलित नहोऊ”
जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्ने व्यक्ति, देवऋण, ऋषीऋण (मनुष्य ऋण) र पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि  रक्षा बन्धन धारण गर्ने गरिन्छ।

वास्तवमा यस संसारमा दुई थरी बन्धन हुन्छन् मानिसलाई एक ईश्वरीय अर्को सांसारिक बन्धनले दुःख दिन्छन् । यो सांसारिक बन्धनबाट मुक्तहुन मानिस महात्माकहाँ गएर प्रश्न गर्छन्। हामीले ईश्वरको स्वरूपमा मनलाई कसरी जोड्ने रक्षाबन्धन केबल सांसारिक बन्धनबाट नारी जातिको रक्षाका लागि मात्र होइन, नर तथा नारी दुवैले रक्षाबन्धन बाँधेर पवित्रताको व्रत धारण अन्य मानव आत्मालाई पनि कल्याणकारी बन्धनमा बाँध्नु यसको सार्थकता हो । रक्षाबनधन केबल शारीरिक रक्षाका लागि मात्र होइन, सबै मनुष्यलाई मन, वचन र कर्ममा पवित्र रहने भन्ने भनाई पाइन्छ । जब जीवनमा पवित्रताको धारण हुन्छ तब जीवन, परिवारमा, समाजमा विश्वमा सच्चा सुख तथा शान्ति मिल्छ । वास्तवमा रक्षा बन्धनलाई सबै मानवको रक्षाको रुपमा लिइन्छ।

यसरी यति धेरै धार्मिक तथा बैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई विदेशमा समेत मनाउन पाउने सुबर्ण अबसरमा दक्षिणकोरिमा यत्रतत्र छरिएर रहनुभएका कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भईदिनुहुन पाँच-स दक्षिणकोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।

मिति   २०१९ अगष्ट  १५ तारिख विहीबार
समय   बिहान १०:४५ बजेदेखि
स्थान    कान्तिपुर रेष्टुरेण्टको हल ४ तल्ला , ट्रेन लाईन नं ४ आन्सान् यक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here