“पाँच – स” दक्षिण कोरियाले दशैँ बिशेष कार्यक्रम गर्दै, सहभागिताको लागी कोरियाबासी सम्पूर्ण नेपालीलाई आग्रह ।

0
2373

“सनातन साहित्य संगीत साधना समूह” (पाँच – स दक्षिण कोरिया) ले नेपालिहरुको महान पर्व “बिजया दशमि २०७५” भब्य रुपमा मनाउन गइरहेको छ । बिजया दशमिको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै,  “नवदुर्गा पूजा, टिका जमरा, दशैँ विशेष शुभकामना आदान प्रदान तथा साँगीतिक कार्यक्रम २०७५” आयोजना गरिएको समुहका उपाध्यक्ष लोकराज न्यौपानेले बताउँनु भयो ।

दशै कार्यक्रमको अवसरमा विधिवत् वैदिक मन्त्रोच्चारण पूर्वक घटस्थापनाको दिन जमरा राखी पञ्चमी तिथिका दिन नवदुर्गा भगवतीको सामूहिक रुपमा विशेष पूजा तथा ग्रहशान्ति कार्यक्रम हुने जानकारी पनि गराइन्छ ।
यसर्थ टीका जमरा ग्रहण, दशैँ विशेष शुभकामना आदान प्रदान तथा सांगीतिक नाचगान एवम् खानपानको कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा, सहभागी भई विशुद्ध पारिवारिक, भ्रातृत्वमय र सद्भावपूर्ण वातावरणमा सबैको दिर्घायू, सुस्वास्थ्य र समृद्धि हासिल गर्नका लागि  देवी शक्तिको अनुकम्पा ग्रहण गर्नुहुन हार्दिक निमन्त्रणा पनि आयोजकले गरेको छ ।

-- Ad --


कार्यक्रमका आकर्षणहरु:

१)२०१८-१०-१० घटस्थापनाको दिन बिधिवत रुपमा जमरा राखिने।

२)२०१८-१०-१४ (बिहान ९:०ओशुभारम्भ)आइतबार पन्चमीको दिन विशेष नवदुर्गा पूजा तथा सामुहिक ग्रहशान्ती,दूर्गा सप्तशती (चण्डी) पाठ।(लुम्बिनी रेस्टुरेन्ट,दोङ्देमुन)

३)२०१८-१०-२१ (१०:००अ्) आइतबार दशै विशेष शुभकामना आदानप्रदान,टिका-जमरा ग्रहण तथा साङ्गितिक कार्यक्रम ।

४)निशुल्क प्रवेश

५)सउल सहरको सुन्दर दृश्यावलोकन

६)स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुती ।

७)सेलरोटी खादै लठ्ठे पिङ्ग खेल्ने अवसर।

८)पन्चेबाजा सहितको साङ्गितिक झाकी।

समय:बिहान १० बजे
स्थान :숭인동 동산배드민턴장(१호선 동묘앞역  १० 번 출구 बाट १० मिनेट हिडेर पुगिने डाँडा)(साकेला कार्यक्रम गरेको स्थल)

सम्पर्क:
०१०५८१०२४४० यम सापकोटा
०१०२४७११४३७ भवश्वी बोम्जन
०१०६४९२४८४० लोकराज न्यौपाने
०१०४७५२५७३२ प्रेमराज अधिकारी

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here