बाक्लो संख्यामा नेपाली हरुको उपस्थितिमा कोरियामा बृहत रुपमा मनाइयो यसपटक को दशैं

832

गैह्र आबासिय नेपाली संस्था एन आर एन कोरिया तथा सनातन साहित्य संगीत साधना समूह “पाँच-स” ले आयोजना गरेको  नेपालीहरुको महान चाड “विजयादशमी-२०७५” भब्य रुपमा सम्पन्न भएको  छ। विजयादशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्दी तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै नवदुर्गा पूजा, टिका, जमरा सहित दशैँ विशेष शुभकामना आदान प्रदान तथा साँगीतिक कार्यक्रम २०७५ सम्पन्न गरेको छ। बिहान ११ बजेबाट पञ्चेबाजा सहितको साङ्गितिक झाँकी सहितको र्याली दोङ्देमुनदेखी कार्यक्रम स्थलसम्म पुगेको थियो भने कार्यक्रममा सयौं नेपालीहरुको सहभागिता रहेको थियो।

परदेशमा रहेर पनि यसरी मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिन पाएकोमा खुशी ब्यक्त गर्दै कोरियावासी नेपालीहरुले आयोजकलाई धन्यवाद दिएका थिए। कोरिया बसाईको लामो समय पछिको दशैंलाई ऐतिहासिक दशैंको रुपमा लिँदै, आगामी दिनमा एउटा छुट्टै मन्दिरको निर्माण गर्न आवश्यक रहेको NRNA अध्यक्ष लक्ष्मी गुरुङ बताउँनुहुन्छ। विजयादशमीको मुख्य दिन अक्टोवर १९ शुक्रबार भएपनी कोरियामा आईतबार मात्र प्राय नेपालीहरुको लागी समय अनुकुलहुने भएकोले आयोजकले अक्टोवर २१ लाई समय मिलाएको थियो।

प्रतिक्रियाहरू