पुरा होला कोरिया सपना?

0
1577
अहिले नेपाल लगायत केहि विकासोन्मूख मुलुकका युवा पिढिका लागि भविष्य उज्यालो बनाउने सपनाको मुलुक भएको छ, दक्षिण कोरिया । कोरियन ड्रिम्म अर्थात कोरिया सपना बोकेका ८२ हजार जति युवायुवती हिजो र आज भएको  भाषा परिक्षामा सामेल भएको अनुमान छ । झण्डै ७ हजार १ सय कोटामा एघार गुणा भन्दा बढिले आवेदन दिएर भाषा परिक्षामा जुटे भने हजारौ नेपाली अहिले कोरियाका विभिन्न क्षेत्रका कृषि, मत्स्यपालन, सेवा र उत्पादनशिल कम्पनीमा पसिना बगाइरहेका छन् । धेरै नेपालीको सपना केहि हद सम्म पुरा गरेपनि कोरियाले केहिको जिन्दगीको रंग नै उजाडिदिएको छ । घरपरिवारलाई खुसि, राम्रो र भविष्यको सुनौलो अवसरमा कोरिया आएका औद्योगिक दुर्घटनामा परेर सयौ अंगभंग भई अपांग भएका छन् भने अप्रत्यासित सुतेको अवस्थामा निधन, डिप्रेशन र त्यसको अन्तिम मुक्तिको बाटो आत्महत्या रोजेर केहिले जिवन अन्त्य गरेका छन् ।

कोरियामा कृषि क्षेत्रमा भन्दा उत्पादनशिल क्षेत्रमा काम गर्ने आप्रवासी कामदारको अवस्था केहि हद सम्म राम्रो छ । यद्यपी पारिश्रमिक समयमै नपाउने, दुव्र्यवहार, कठिन काम लगायत वभिन्न खाले समस्या भने यथावत छ ।
दुइ वर्ष अघि इपिएस मार्फत कोरिया आएकी मिरा परिवर्तिन नामले स्ट्रबेरी फार्म गर्दथीन् । उनको दैनिकी दुइ घण्टा खाना खाने समय बाहेक बिहान छ बजे देखि राती दश बजे सम्म त्यहि स्ट्रेबेरीको फार्म बित्ने गर्दथ्यो । स्ट्रेबेरी फार्म अलावा कहिले काही अन्य फार्ममा पनि उनले काम गर्नुपथ्र्यो । उनले  पारिश्रमिक मासिक चौध लाख वोन अर्थात झण्डै १ लाख पैतीस हजार जति पाउने गर्दथीन् । जुन पारिश्रमीक कोरियन मापदण्ड भन्दा थोरै भएपनि नेपालमा जागीर गर्दा भन्दा कैयौ गुणा ठुलो रकम हो । मासिक डेढ लाख वोन खर्च गरेर बाँकी रकम नेपाल पठाउने गर्दथीन् । तर नयाँ वर्ष शुरु सँगै मिराले बस्ने ठाउँ राम्रो नभएकोले कम्पनी छोडिन् । उनी बस्ने कन्टेनरमा जाडो छल्न तताउने बोइलर बिग्रीदाँ पनि साहूले मरम्मत गर्न चासो नदेखाएपछि कम्पनी छोड्न बाध्य भइन् ।
मिरा एक उदाहरण पात्र हुन् कोरिया सपनाको यथार्थ भोग्ने । भविष्य र गुणस्तरिय जिवनको आशामा कोरियामा छिरेका इपिएस मार्फत आएका नेपाल लगायत सोह्र मुलुकका नागरिकले भोग्नु परेका केहि तितो भोगाई । कोरियामा इ–नाइन र इ– टेनमा भिषाबाट आएका छपन्न हजार आप्रवासी कामदारले अहिले काम गरिरहेका छन् । पैतीस हजार भन्दा बढिले कृषि र मत्स्यपालनमा काम गरिरहेको तथ्याङ्क छ । इ–नाइन र इ– टेन भिषामा आएका अदक्ष कामदार चार वर्ष दश महिना यहाँ बसेर काम गर्न पाउने नियम छ । शुरुमा तीन वर्ष भिषा रहने र पछि एक वर्ष दश महिना भिषा थप्ने प्रावधान अनुरुप ती भिषामा आउने कामदारको कोरिया बसाई चार वर्ष दश महिना हुने गरेको हो ।
धेरै इपिएस कामदार चार वर्ष दश महिना लामो कोरियन ड्रिम पछि आफ्नो घरको आर्थिक अवस्था सुधार हुने, जिवनस्तर बदलिने तथा उज्यालो जिवन शुरु गर्ने सपना रहेको छ । तर केहिले त्यो ड्रिम पुरा गर्न असफल हुन्छन् । कम्पनीले समयमै तलब नदिने, दुव्र्यवहार खेप्नुपर्ने, कठिन काम लगायत यावत कुराले । समयमै तलब नपाउने बाहेक कामदारले जातिय विभेद, प्रर्याप्त काम गर्ने वातावरण नहुनु र विभिन्न खाले दुव्र्यवहारको भोग्नुपर्ने हुन्छ ।
मानवअधिकार क्षेत्रमा कार्य गरिरहेका यहाँ अधिकारकर्मीले पनि अप्रवासी कामदारले कृर्षि फार्म, मत्स्यपालन, कम्पनी र निर्माण क्षेत्रमा काम गर्दा विभिन्न खाले दुव्र्यवहार भोग्नुपरेको बताउदै आएका छन् । कामदार माथि भएका दुव्र्यवहार रोक्न सरकारलाई ध्यानाकर्षण पनि मानवअधिकारकर्मीले गर्दै आएका छन् । तथापी दुव्र्यवहारका घटना भने रोकिएको छैन् ।
प्रवासी मजदुर संगठन एमटियूका अध्यक्ष उदय राईले पनि इपिएस प्रणाली प्रवासी मजदुरको हित नभएको तर्क गर्ने गरेका छन् । इपिएस नीतिका कारण मजदुरले विभिन्न खाले समस्या भोग्नुपरेको दाबी पनि राईको छ । राईले कोरिया सरकारले तत्काल इपिएस प्रणाली खारेज गरी डब्लुपिएस प्रणाली लागू गर्नुपर्ने बताउदै त्यसका लागि एमटियूले आन्दोलन र दबाब दिने गरेको बताउनु भएको छ ।
इपिएस मार्फत आएका कामदारले कार्यवधिमा पाँच पटक काम वा कम्पनी परिवर्तन गर्न पाउने नियम छ । तर कम्पनी साहूको अनुमति विना परिवर्तन भने असम्भव छ । साहूको अनुमति वा लेटर विना कम्पनी छोडे कामदार स्वतः अवैधानिक हुन्छ ।
कोरियामा कृषि र कम्पनी भित्र काम गर्दा महिला कामदारका लागि यौन दुव्र्यवहार खेप्नु पर्ने अर्को समस्या रहेको छ । काम गर्दा सहकर्मी वा कम्पनी साहूबाट यौन दुव्र्यवहार हुने गरेको घटना सार्वजानिक भइरहेको छ । गत वर्षको अक्टोबरमा बलात्कारको असफल प्रयासपछि रोजगारदाताले एक थाई महिलाको हत्या गरेका थिए । सन् दुइ हजार सोह्मा गरिएको एक अध्ययनले अडचालीस प्रतिशत महिला कामदारले कुनै प्रकारको यौन दुव्र्यवहारको सामना गर्नुपरेको देखाएको थियो । यौन उत्पीडिनमा परेका मध्ये नब्बे प्रतिशतले भाषाको समस्या र काम छोड्नुपर्ने डरले दुव्र्यवहार बारेमा उजुरी वा प्रतिवाद गर्न नसकेको बताएका थिए । मानवअधिकारवादीले कामदारको अवस्था सुधार गर्न सरकारलाई ध्यानाकर्षण गराउदाँ केहि महिना अघि राष्ट्रपति मून जे इन सरकारले कामदारको अवस्था सुधार गर्न आवश्यक कदम चाल्ने बताएको थियो ।
कोरिया आर्कषक कमाईको गन्तब्य मुलुक भएपनि कठिन काम, फरक सस्कृँती, भाषामा अनभिज्ञ, सहकर्मीसँग मेलमिलाप हुन नसक्दा नेपालीले धेरै दुःख पाउने गरेका छन् । भाषा परिक्षामा उत्तिर्ण भएपनि कोरिया आउने ग्यारेन्टी भने हुदैन् किनकी कामदार बोलाउने अधिकार कोरिया र नेपाल सरकारमा नभई रोजगारदाता अर्थात कम्पनीमा निहित रहेको हुन्छ । सरकारले कोटा तोकेपनि कम्पनीले भाषा परिक्षा र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएर रोष्टरमा रहेका कामदारको नाम छनौट गरेपछि मात्र कामदारको कोरिया यात्रा बल्ल शुरु हुन्छ । कोरिया आउने निश्चित भएसँगै भााषामा दक्ष, जस्तो काम र परिस्थितिको सामना गर्न सक्छु भन्ने उच्च मनोबल राख्दै पुर्व तयारी जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here