पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

356

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०७६ को अवशरमा बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतवार अर्थात् अप्रिल २१ मा जोगेसा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमटियु अध्यक्ष उदय राइले दिप प्रजलन गरि कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो भने कार्यक्रममा अन्य जातिय संस्थाका प्रतिनिधि, क्षेत्रीय संस्थाका प्रतिनिधि लगायत पत्रकार, बुद्धिजिवीहरुको बाक्लो उपस्थिति रहेको थियो।

“पुर्वाञ्चलको एकता, विकास समृदिमा प्रतिवद्द्ता” भन्ने नाराका साथ सन् २०१५ मा स्थापना भई दक्षिण कोरियामा सकृय रुपमा रहेको संस्था हो पुर्वाञ्चल सरोकार समाज । यसले १६ वटा जिल्ला बासिलाई बिकासका लागि बिबिध योजानाहरु अबलम्बन गरि स्वदेसमा हुँदा आफ्नो देसको आर्थिक वा नैतिक रुपमा सवल बनाउन र समृद राष्ट्रको परिकल्पना गर्नुमा मह्त्वपूर्ण भुमिका खेलेको छ।

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाका अदक्ष्य अमृत राइको अध्यक्षतामा समपन्न कार्यक्रममा कोरियामा रहेका स्थानिय नेपाली कलाकारहरु र नेपालवाट पाल्नु भएका कलाकारहरु श्रेयसि चेम्जोङ, द भ्वास अफ नेपाल का बिजेता सिडी बिजय अधिकारिले दर्शकको मन जितेका थिए भने नृत्यङ्गना अस्मिता न्यौपानेको नृत्यले पनि दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रम अत्यन्तै भव्य र सव्य तरिकाले सम्पन्न गराइदिनु हुने सम्पूर्णलाई आयोजकले हार्दिक धन्यवाद दिएको छ।

प्रतिक्रियाहरू