
नेपाल देखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेर इपिएस मार्फत कोरिया पुगेर पनि उतिकै लाग्नु भएका गायक पेमा लामा(वाईबा)ले “सउल घुम्न जाँदामा..” High Lights Nepal बाट सार्वजनिक गर्नु भएको छ। “दोर्जे ग्याडम् रिमठिम फेबे समूह”मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्” बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल दक्षिण कोरियामा हुनुहुन्छ।
अहिलेका चर्चित गायिका पूर्णिमा लामाले स्वरबद्ध गर्नुभएका “मन पराउने मायालु”,गीत समेत उहाँको शब्द, संगितमा रहेका छन्। यसरी “दुःखला न्हान्” ,”छार नेपाल “गीति एल्बम र “मन पराउने मायालु..” गीत हुँदै “सउल घुम्न जाँदामा..” सम्मको यात्रामा लामाले केही गीतहरूमा आफ्नो स्वर र संगीत दिनुभएको छ। सउल घुम्न जाँदामा ..गीत कोरियाको राजधानी वरिपरि छायांकन गरिएको छ । यस गीतमा गायक आफै पेमा लामा (वाईबा) र नानु पुनको अभिनय गर्नु रहेको छ भने रिकमान थापा मगरको निर्देशन र भिसन काउछा मगरले क्यमरामा साथ दिनु भएको छ।
भिडियो