पैसा जति मासियो, ब्यर्थै आन्यङहासेयो

2555

अचानाको पिर खुकुरीले जान्दैन भने जस्तै कोरियामा रहेका नेपाली अचानोको भुमिकामा रहेका छन।छोटो समयमानै आर्थिक बिकासको मैदानमा काउन्टर एट्याकको रणनीतिले गोलपोष्टमा बल छिराउने महत्वाकॉक्षाले नेपाली युवायुवती ग्रसित छन।
एकातिर लाखौको भिडबाट ईपिएसमा नाम निकाल्नु नै सगरमाथा चढे सरह छ भने अर्कोतिर कोरियाली जिवनयापन कराईमा भकभकि तातिरहेको तेलमा सेलरोटी पाके झैँ झ्वॉईअ गरेर खारिनु सरह हो।

फलानोको छोरो कोरिया गएर खै क्यारो?नाम निकालेको खवर सँगै आउने बधाई पचाउन नै हम्मे हम्मे पर्छ।परिवारजन,आफन्तजन गॉउ समाज र राष्ट्रले समेत राखेका आशा अपेक्षाको चाङमा ठेस लाएर लडन पुग्छ।नेपाल सरकारले लाईदिएको रातो टोपि र निलो जाकेटले दिएको उमँग ३दिनमै भताभुङग भै दिन्छ।
जव साहु महोदयले टुँडिखेलका खसि झैँ बथानबाट झिकेर आफ्नो गाडिमा कोचेर कार्यस्थलमा लैजान्छ नि !हो त्यहिदिन देखि हामि उम्लिरहेको तातो तेलमा हामफाल्न बाध्य हुन्छौ।
यो अवस्था सम्म ऑउदा लाख भन्दा माथि खर्च भैसकेको हुन्छ।पहिलो महिनाको तलवले लागत धान्न मुश्किल हुन्छ।कम्तिमा ऑफुले एउटा र घरमा पनि गतिलो मोबाईल खुसियाली सहित पहिलो उपाहार र केहि कपडाको जोरजाम गर्नैमा जान्छ।सामसुङको बिमा कंपनि ,फिर्ति टिकट सिकटमा ९०दिन सुँईकिन्छ।

यो परिक्षण अवधिमा साहुले मन नपराउन सक्छ,काम गार्हो पर्न सक्छ,मैलाई मात्रै दुख होला अरुलाई त सुख होला भनेर एकोहोरिन सक्छ,पैसा त कम पो रच भन्ठान्ला,कार्यस्थलमा जोखिम र सहकर्मिसँग नमिल्न पनि सक्छ।
लगभग ६ महिनाको कमाई व्यवस्थापनमा नै सकिन्छ।त्यसपछि भने कमाउने /नकमाउने/रमाउनेको बर्ग छुट्टिन्छ।जे जस्तो भएपनि उहि कम्पनिमा टिक्न सक्निले धेरथोर कमायो।बेला बेलामा कंपनि सर्नि र छिटो घरमा जानि यो सुनिएर मोटाए जस्तै हो।जोरीपारीको मुखिन्जेल कोरिया गको हो भन्नी बाहेक भाङभुत्लो केहि हुदैन।५ बर्षमा ५पटक कंपनि सरेर २पटक घर गयो भने उस्को कम्तिमा २५महिना खेर जान्छ।यो काम गर्न पाईनेआधा अवधि हो।

अनावश्यक खर्चमा कटौति गरेन भने बॉकिरहेका ३०महिनाको कमाईपनि जोगिने कुनै संभावना हुदैन।प्राय अविवाहित उमेर समुहका धेरैले यहि मौकामा विवाह गर्छन।यो धेरै ठुलो उपलव्धि हो।जे जस्तो भएनी परिवार स्थापना भएमा धेरै तनाव कम हुन्छ।फोनमै भएनी सुखदुख साटासाट हुन्छ।कमाई जोगाउने सर्वोत्तम उपाय हो।अपबाद बाहेक यसलाई सदुपयोग गर्ने जीवनसाथि हुँदा जिन्दगिले नँया मोड लिन सक्छ।यसो नभएमा बचेको रकम समेत अंसबन्डामा पर्ने प्रवल संभावना रहन्छ।परिवारको शिक्षा दिक्षा ,उपचार,सामान्य घर खर्च सगोलको परिवारमा गर्नु स्वभाविक भएपनि अंसबन्डा हुनि घर जग्गाको लगानी प्रवासि मजदुरका लागि सवै भन्दा टाउको दुखाईका बिषय हुन।आफ्नै पसिनाले आर्जेको घर जग्गा अंसबन्डामा ऑफै बिस्थापित हुनुको पिडा कल्पना गर्नुस त?दुख:सत%अरुकैलागि गरिएको महसुस हुन्छ।व्यर्थको आनङहासेयो हिनताबोधले निराशा बढाउँछ।परिवारमा तनाव बढॉउछ।

जननी जन्मभुमि परित्याग गर्नुपरेको पिडा काम र कोरियाको जीवनसैलीलाई आत्मसाथ गर्न पनि थाम्बे खम्बे ट्याक्सि स्याक्सी तिर मन जोडिए पछि त धन ठुलो कि मन ठुलो दोसॉधमा पर्छ।थाम्बे खम्बे टेक्सि सेक्सि मन ठुलो बनाउने औजार हुन।
थाम्बे भनेको चुरोट हो।जाडो मौसम साथिभाईको संगतमा मधुरो १एमजिको चुरोट एकबट्टालाई ५हजार वन पर्छ एक महिनामा ३० बट्टा खायो भने नेपाली १५हजार जान्छ।खम्वे भनेको चियर्स गर्नु हो।यो काम गर्दा गर्दै काम सकिएपछि साथिभाईको जमघटमा सारा पिडा भुलाउन गरिने मदिरापान हो।सितन सहित यसमा न्युनतम (मान ओ छन)नेपाली दैनिक१५सय राख्तापनि ४५हजार खर्च हुन्छ।
अर्को टेक्सि हो।सर्भसुलभ पाईने मदिरापानको लागि साथिको आउजाउ,बजार आतेजातेको यातायात आदिमा कम्तिमा १०हजार रुपैयॉ अनुमान गर्न सकिन्छ।
अर्को चुहुनी भॉडो भनेको सेक्सि हो।रेडलाईट एरिया हरेक शहरमा छन कोरियामा जसलाई नेपाली जनजीब्रोले ससुरालीको पहिचान बनाएको छ।त्यॉहा जानि बानी र स्वदेसि या बिदेसि महिला कामदारलाई केटि साथि बनायो भने उ बुङ्गो हुन्छ।यसको त अनुमानै हुदैन।माथिका सवैमा यो जोडिदा त उपदान(थेजिगम)समेत एतै सकिने अवस्था आउन सक्छ।फुक्लो हलो जोते सरह घर फर्किनुको बिकल्प हुदैन।

साहुले खान नदिनेको हकमा ३लाख वन नेपाली ३०हजार मोवाईल रिचार्जमा ३हजार अन्य भैपरि आउने बिबिध खर्च औषधि उपचार गरि चालिस हजार गरि सेक्सिमा खर्च नहुनेको पनि१लाख १०हजार एतै खर्च हुँदोरहेछ।
न्युनतम तलव १७लाख वनमा नेपाली रुपैयॉ १लाख ६०हजारनै भएनि महिनाको ५०हजार घर पठायो भने उताको खर्च धान्न हम्मे हम्मे पर्छ।धेरैको यो वास्तविकता सँग मेल खान्छ।ओभरटाईम काम गरेको पैसाले खर्च धान्ने परिस्थिती भएकाहरुको लागि भने खर्चको मतलव हुदैन।कम्तिमा डेडलाख घर पठाउने टार्गेटमा खर्चको संतुलन मिलाउँछन।सुख्खा तलव पाउने र कोरियाकै रमझमको रमाईलो जीवन बितॉउछु भन्ने थोरै चामलको बँया जस्तै मजदुरलाई बडा सकस छ।
जुन देसको पनि तलव त्यॉको प्रतिव्यक्ति आय र मँहङ्गि दरलाई आधार मानेर तोकिएको हुन्छ।प्रवासि मजदुर ल्याएका देसको नीतिनै सवै पैसा एतै खर्च गरुन भन्ने अभिप्राय लुकेको हुन्छ।एक मुठा रायो सागलाई हजार रुपैयॉ नेपाली पर्ने कोरियामा खर्चमा लापर्वाहि गर्यो अलिकति कन्ट्रोल गरेन भने पैसा जति सवै मासियो ब्यर्थैको आन्यङहासेयो मात्रै हुनेछ।

नेपाल सरकारले तालिम दिएर नै धेरै ज्ञान दिलाएको छ।५बर्षको अवधिमै करोडपति बन्ने चाहाना धेरैको निश्चितरुपमा सफल हुने स्पष्ट छ।तर एता सपना साकार हुन नदिने बाधक तत्व भनेका कंपनि सर्नुपर्ने,थाम्बे,खम्बे,टेक्सि,सेक्सि र उता नेपालमा घर खर्चमा बृध्दि, अंसबन्डा हुन।
ऑफु कमाउने ,अरु रमाउने ,भोली किम्चि खाउ घर जाउ भयो भने पैसा बचाउन सकिएन भने बँचाएर पनिआफ्नो पँहुच र निर्णय बमोजिम परिचालनमा अवरोध हुने अवस्थालाई पनि पैसा मासियो ,ब्यर्थैमा आन्यङहासेयो भन्न सकिन्छ।
यसका बिकल्प के हुन भने जीवन बिमा,आफ्नै खातामा पैसा जम्मा गर्नु,छुट्टिमा गएर आफ्नै एकल स्वामित्वका संपती जोडनु,शियर लगानी,सहकारी बैङक मार्फत जलबिद्युतमा लगानी गर्नु उचित हुनेछ।

प्रतिक्रियाहरू