प्रणय विशेष गजल मुक्तक साँझ पहिलो पटक जम्यो कोरियामा

273

२३ फेब्रुवरी शनिबार साँझ कोरिया दोङ्देमुन स्थित नेपाली किचन हाउसमा एक भब्य माहोलका बिच प्रणय साँझ सम्पन्न भएको छ । सुनेश के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रञ्जन राज कुवर बिशेष अतिथिको रुपमा रहनुभएको थियो ।

त्यसैगरी, अतिथिहरुमा एन.आर.एन.ए कोरियाका उपाध्यक्ष विपिन गुरुङ्ग, जि.एम.ई रेमिट्यान्सका प्रतिनिधि धर्मराज गौतम, हानपास रेमिट्यान्सका प्रतिनिधि के.पी.चौलागाँई, स्टार रेमिटका प्रतिनिधि तथा नयाँ दैनिकी पत्रकार अशोक मैनाली, छन्त्याल संघ दक्षिण कोरियाका अध्यक्ष अमर छन्त्याल लगाएत रहनुभएको थियो । कार्यक्रममा विशेष २ जना सर्जकका गजल मुक्तक वाचन रहेता पनि उपस्थित अन्य दमदार सर्जकको रचना वाचनको पनि मेसो मिलाईएको थियो।

विशेष वाचनको गजलतर्फ एईडेन छन्त्याल रहनुभएको थियो भने मुक्तक तर्फ शुसील अर्याल हुनुहुन्थ्यो । प्रणय विशेष साँझ हुनाले पनि सर्जकले ज्यादा प्रेमभावका श्रृंगारिक रचना बढी सुनाएका थिए। साथै, अन्य सर्जकहरुमा विष्ट डि.बि. तनाब, खगेन्द्र खत्री सुरज, सुमन ढकाल, अनन्त यात्रा वास्तोला, विपिन गुरुङ्ग, रामचन्द्र शर्मा, भरत सुबेदी लगायतको दह्रो प्रस्तुतिले माहोल तताएको थियो । साथै, सुमन ढकालको गजल गायनले पनि उपस्थितीको ध्यान तान्न सफल भएको थियो।

दोङ्देमुन स्थित नेपाली ब्यवसायी,बुद्दिजिवी,पत्रकार लगायतका दिग्गज ब्यक्तित्वहरुको स्वत: स्फुर्त उपस्थितिले कोरियामा नेपाली साहित्यले पाएको माया भन्दै यो आत्मियताले सर्जकहरुमा बेहद उर्जा मिलेको भन्दै कार्यक्रम संयोजक रामचन्द्र शर्माले खुसीका साथ सबैमा आभार ब्यक्त गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि सुरेश के. सी.ले कोरियामा पछिल्लो समय साहित्यको माहोल देख्दा खुब खुसी लागेको भन्दै निरन्तरताको कामना गर्नुभएको थियो । नेपाल मुक्तक प्रतिष्ठानको सहकार्य रहेका कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउनलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा आयोजकको तर्फवाट हर्दिक धन्यवाद प्रदान गरिएको छ।

प्रतिक्रियाहरू