प्रथम एनपिएस कप फुटबल प्रतियोगिताको उद्घाटन खेल एनपिएस ए र जीएन एफसी बिच बिहान ९:३० बजेबाट शुरु हुने

250

नेपाली परोपकार समाज थेगु दक्षिण कोरिया र एनपीएस एफ सीको संयुक्त आयोजनामा आयोजित “प्रथम एनपिएस कप” फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।आयोजकले गत आइतबार साँझ आफ्नो फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि खेल तालिका सार्वजनिक गरेका थिए।

प्रतियोगितामा सहभागिताको लागि २२ टिमको निवेदन परेकोमा समय अभावको कारण १८ वटा टिमलाई २ समुहमा बिभाजन गरिएको छ।समुह ए मा १० टिम र त्यसै गरि समुह बि मा ८ टिम रहेका छन्।प्रतियोगिताको उद्घाटन खेल आयोजक एनपिएस ए र जीएनएफ सी बिच बिहान ९ः३० बजेबाट शुरु हुनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी भइ सकेकोले खेल तालिका अनुसार नै समयमा नै हुने र सो समयमा सबै टिमलाई खेल मैदानमा उपस्थित भइ दिनुहुन आयोजकका अध्यक्ष निमेश गुरूङले आग्रह पनि गर्नु भएको छ।

प्रतियोगितामा खेलको आनन्द सगै मिठो नेपाली परिकारको साथमा स्टार रेमिट, लोट्टे कार्ड, सिन्हान कार्ड र जे डि मोबाइलको सेवा पनि लिन सकिने यस प्रतियोगितालाई सभ्य र भब्य बनाउन कोरियामा रहनु भएका सबै खेलप्रेमी दाजुभाइ दिदीबहिनी सम्पूर्ण संघ संस्थालाई उपस्थितीको लागि आयोजकले आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रियाहरू