प्रबाश बाट तिज को न्यास्रो मेटाउदा

0
615

परापुर्ब काल देखि मानिदै आएको समग्र नेपाली नारीहरुको माइती चेलिको कथा मा आधारित दिन लाई तीज को नाम ले चिनिदै आएको छ ।

हुन त यो चाडको बारेमा के थियो र कस्तो थियो भन्ने कुराको कुनै ईतिहास मलाइ थाहा छैन ।तर बिबाह पस्चात पराइ घरमा पुगेका चेलिहरु माइती जाने र बर्ष दिनका मर्म र पिडा लाइ गीत मार्फत माइती लाई सुनाएर आफ्नो मनको पिडालाइ हलुको बनाउने पर्ब को रुपमा लिइन्छ !
गितहरु लगायत अन्य धेरै पक्षमा व्यापक परिबर्तन आएता पनि अझै बेदनाका गीत हरुले भने चेली माइतिको सम्बन्ध को अवस्था लाई पहिलेकै रुपमा दर्शाएको पाइन्छ ।

-- Ad --


जस्तै

घाट पारी दियौ बाबा हामिलाइ , हामिलाइ लिन को जाला ?
जेठा दाजुले जान्छु त भन्लान् , जेठि भाउजुले जान नदेलिन।

बर्ष दिनको तिज आयो , बाबा माया लाग्यो ! जान्छु मेरो राजै माइतिको  देश !
घोडिया कसौला,भरिया पठाउला तिमरा बाबालाइ  यहि झिकाउला !

झिकाएका बाबा संग कति माया फेरौला जान्छु  मेरो राजै माइतिको देश !

बिगतमा यसरी चेलिले बिलौना गरेर माइती जानै पर्ने जिद्दी गरेको पाइन्छ ।सायद त्यो दिन चेलिहरुको स्वतन्त्रता को अति महत्वपूर्ण दिन भनेर छुट्ट्याइएको थियो होला । तर अहिले धर्म,जात बर्ग मा बिभाजन गरेर अझै भ्रममा पारेर पतिब्रता नारीको महान पर्व तीज भनेर प्रचार गरिदै छ ! यदि पतिबर्ता  नारि हुन भने  किन तीजमा माइती जान्छन ? किन तीजमा उफ्रि उफ्रि नाछन ? किन तीजमा पीडा बोध गीत गाउछन ? किन त्यो दिन नारिले स्वतन्त्रताको महसुस गर्छ्न ? पतिको लामो आयुको लागि ? हामी महिलाले पनि खण्डन गर्न जरुरी छ !

पितृ सत्त्तात्मक सोचका सामन्ती ब्यक्तिहरुले तत्कालीन महिलाहरु लाइ भोगको साधनका रुपमा लिएर दमन राखेर बिभिन्न अधिकार बाट पनि बन्चित गरेका थिए ।त्यही दमनचक्र लाइ नै तिजको दिन चेलिले गित मार्फत सबै कर्तुत हरु छताछुल्ल पार्न थालेका हुन

आज त्यहि सामन्ती सोचको उपज स्वरुप नेपाली महिलाहरु पछाडि मात्र परेनन् लाखौ को सन्ख्यामा बिदेशिएर अनेक दुख झेल्न बाध्य बनेका छन् ।आफ्नै देशमा भएका हरु आफ्नै बुबाबाट , आफ्नै छिमेकी बाट , आफ्नै आफन्त बाट बलात्कृत भएर बसेका छन् ।खै महिला अधिकार ? आधुनिकता सगै किन महिला माथि यति धेरै अमानबिय व्यवहार हुन्छ ? महिला संबेदनसिलता का बिषयमा राज्य किन जहिल्यै मौन जस्तो रहन्छ ? उदाहरण का लागि कंचनपुर कि निर्मला पन्त को बलात्कार र हत्याको बिषय लाई हेरौ ।मैले निर्मला बहिनिलाई बिम्बको रुपमा मात्र प्रस्तुत गरेको हो त्यस्ता कहालिलाग्दा घटना दिन दुई गुना रात चौगुना बढ्दै गैरहेका छन् ।

बिगतमा कोहि कोहि श्रीमान , सासू-ससुरा देवर -जेठाजु , नन्द-आमाजु हरुको हेला लाइ लिएर तिजको गित गाइन्थ्यो तर अहिले आएर यस्ले झनै बिकराल रुप लिएको पाइन्छ ।आधुनिकताका नाममा महिला हरुलाइ शो-पिस बनाउने समाज र बुद्दिजिबी , महिलाहरुको मौलिक स्वतन्त्रताका नाममा प्रयोग गर्ने धन्दा , महिलाहरु लाई प्रयोग गर्दै धर्म र जातित्वको नाममा अस्थिरता निम्त्याउने खेलाडी हरुको यहाँ बिल्कुल कमि छैन ।यस्ता अराजक महाशय हरुलाइ यो कुरा थाहा छ कि महिला हरुलाइ अघि आफ्नो स्वार्थ पूरा हुन्छ ।

अहिलेको अबस्था झन् सिमित स्वार्थिहरुको पन्जामा  अडेको छ । नारी स्वतन्त्रता को एक दिन लाई पतिको लामो आयु बढाउने बहानामा धर्ममा भट्मर्‍याएर आफ्नै बमनचक्रमा परियो भने जातित्वको नाममा रातासारी नलगाउने उर्दि जारि गरियो ।
के धर्ममा श्रीमानको आयु श्रीमतिका कारण लामो हुन्छ भनेको छ ? कुनै श्रीमान ले आफ्नो श्रीमतीको आयु लम्ब्याउने भनेर कहिल्यै भोको बस्छ / बस्ने कुनै चाड छ ? अनि नारी लाइ मात्र किन  ?

जातजातिका नाममा डलर का खेती गर्ने डलर बादी हो राम्रो सग सुन जात र लिंग लाई भड्काएर सामाजिक सद्भाव बिथोल्ने चेस्टा नगर ।गेरु बस्त्र लगाएर सामान्य धार्मिक सनातनको नियम समेत थाहा नभएका धर्मभिरु हरुले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने खेल नखेल ।तिजका दिनमा रातो लगाएर ननाच्नु भनेर उर्दि जारी गर्ने कु-नेताहरु लाई सोध्न चाहन्छु जनजातिका पुरुषहरुले बिदेशी राता टाइ शुट लाएर बिदेशी गीतमा नाच्न हुन्छ महिलाले स्वदेशी रातो साडी लाएर नाच्न हुदैन ? यहाँ सबैले मनन गर्नु पर्ने यो छ कि यी सबै नाजाएज हत्खण्डा हुन। केवल महिलाहरुलाइ घुमाइ फिराइ दमनचक्रमा राखन खोजिएको खेल हो । अहिलेको परिवर्तनशिल समयमा धर्म र जातीयता को नाममा महिलाको अधिकार लाई हनन गर्न खोज्ने पुरुषहरुलाइ अब महिलाहरु नै सचेत भएर पाठ सिकाउन र प्रश्न गर्न जरुरि छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here