प्रवासि नेपाली एकता मञ्च (ONUF) को एकता भेला जुन २३मा नेपाल हाउसमा हुदै

356

प्रवासि नेपाली एकता मञ्च(ONUF ) दक्षिण कोरियाले आगामि जुन २३ आइतबार का दिन प्रवासी नेपाली एकता मञ्च सउल कमिटिको एकता भेला सउल स्थित नेपाल हाउसमा आयोजना गर्ने प्रवासी नेपाली एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताउनु भयो । यस बारेमा थप प्रष्ट गर्दै प्रवासी नेपाली एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको वताउदै अागामी जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत बताउनु भयो।
बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे२६मा अान्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फो जुन ९मा फेन्थेक छनान र जुन २३मा सउल कमिटिको एकता भेलाहरु हुन गइरहेको छ। बाँकि रहेको कमिटिको एकिकरण पनि जुन महिना भित्र नै सक्ने कुरा जनाइएको छ।

दक्षिण कोरियाको राजधानी रहेको सउल कमिटिको एकिकरणको बिशेष महत्व रहने कुरालाइ मध्यनजर गर्दै कार्यक्रमलाई सु-ब्यबस्थित र भब्यताका साथ सम्पन्न गर्नको लागि गत मे १९ का दिन सउल स्थित ऑगमनको एक हलमा अनौपचारिक तैयारी छलफल आयोजना गरिएको थियो ।
उक्त अवसरमा केन्द्रबाट उत्साहजनक उपस्थितिमा रहेको थियो। संगठकका जुझारु सदस्यहरु तथा शुभेच्छूकहरूको बाक्लो उपस्थितिमा आगामि जून २३ का दिन एकता भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

बिभिन्न पेशा ब्याबसायमा आबद्ध रहि कोरियाको सउल तथा आसपाका क्षेत्रहरूमा रहनूहूने सम्पूर्ण महानुभावहरूमा आफ्नो गरिमामय उपस्थिति जनाइदिनुहुन “प्रवासी नेपाली एकता मञ्च “सबैमा सविनय निमन्त्रणा गरेको कुरा उक्त अबसरमा बताइएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को प्रवास कमिटिको रूपमा रहेको यस संगठनले प्रवासको संसारभर रहेका आस्थावान तथा निष्ठावान पार्टि कार्यकर्ता संगै नेपाली समुदायलाई एकिकृत गरेर पार्टि तथा राष्ट्र हितको निमित्त सकृय योगदान दिदै आएको गौरवमय ईतिहास छ । कोरियाको हकमा १२ ओटा क्षेत्रिय कमिटिहरू मध्ये हालसम्म सम्पन्न सबै एकता भेलाहरुमा उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ। सांगठानिक एवम् रणनीतिक रूपले बिशेष महत्व राख्ने सउल कमिटिको एकता भेला संगै ONUF कोरिया थप चलायमान हुने कुरा उक्त संगठनले ठहर गरेको कुरा बताइएको छ ।

पार्टि केन्द्रमा एकता प्रकृया अधिकांश सू-सम्मपन्न भएसंगै प्रवास ,स्थानीय तथा जनवर्गीय स्तरहरूमा एकता पूर्णताको शिलशिला तिब्रगतिमा रहेको छ । दुई तिहाइ करिब रहेको नेकपा सरकारले परिकल्पना गरेको “सुखि नेपाली समृद्ध नेपाल”को नारा र त्यस अनुरुपको नीति तथा कार्यक्रमहरूलाइ सार्थक बनाउदै मुलुक निर्माणको महाअभियानमा अर्जुनदृष्टि राखेर जनसरोकारका सवालहरूमा पार्टि पंतिलाई समर्पित पार्दै जनजनको मनमनमा नेकपाको स्थायी सरकारको यस सुवर्ण अवसरलाइ मातृभूमि नेपाल र नेपालीको सुख र समृद्धिको साथै दिर्घकालिन बिकासको लागि लामो समय स्थायी र स्थिर सरकार माटोले मागेकोले प्रवासमा पनि सुदृढ संगठन निर्माणको लागि लागेको कुरा समेत उघृत गरिएको छ ।

प्रतिक्रियाहरू