प्रवासी नेपाली एकता मञ्च फेन्थेक छनान कमिटिको अध्यक्षमा गिरी चयन

221

नेकपा सम्बद्ध प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च फेन्थेक छनान कमिटि’को अध्यक्षमा प्रविण गिरी चयन भएका छन् । आईतवार सम्पन्न एकिकरण भेलाले गिरीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा इश्वरीय गुरुङ, सचिवमा भक्त थापा, कोषाध्यक्षमा गंगा प्रजापती चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरिता महर्जन, निराजन भट्ट, मधु पौडेल, सुर्य अधिकारी, गोबिन्द शर्मा, झपिन्द्र,राजकुमार श्रेष्ठ, जीवन पोरखेल, जनक गिरी, दुर्गा गौडेल, कपिल अधिकारी चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा शान्तिकला राइ, जीवन थापा र राजेश बाबु श्रेष्ठ चयन भएको मंचका केन्द्रीय संयोजक पर्शुराम सापकोटाले जानकारी दिनुभयो । मंचले पार्टिको निर्देशन बमोजिम देशका विभिन्न शाखा कमिटिहरुको एकिकरण अभियान सञ्चालन गरिरहेको छ । कोरिया मा प्रवासी एकता मंच को एकीकरण भेला तीब्र गतिका साथ , व्यापक जनसहभागिता मा भैराखेको छ ।हाल सम्म १० ओटा क्षेत्र हरु को एकीकरण सम्पन्न समेत भैसकेको छ। अगामी कार्यक्रम ख्वाङ्जु क्षेत्रिय कमिटिको एकिकरण भेला” मिति:-२०१९ जुन २३ तारिख (अाईतबार) समय बिहान ११ बजे स्वयम्भू रेष्टुरेण्ट,ख्वाङ्जु मा हुने र सउल क्षेत्रिय कमिटिको एकिकरण भेला मिति:-२०१९ जुन ३० तारिख (अाईतबार) समय:-बिहान ११ बजे स्थान:-नेपाल हाउस,सउल मा हुने समेत जनाइएको छ।

प्रतिक्रियाहरू