प्रवासी श्रमिक युनियन (एम.टि.यु) उइजङबु शाखाको अधिवेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न

599

प्रवासी श्रमिक युनियन (एम.टि.यु) उइजङबु शाखाको अधिवेशन साथै शैक्षिक कार्यक्रम हिजो सम्पन्न भएको छ। शैक्षिक कार्यक्रम लगत्तै सम्पन्न भएको उइजङ्बु शाखाको अधिवेशनले क्रिश गुल्मेली बाबुको अध्यक्षतामा एम.टि.यु. उइजङ्बु शाखा गठन गरिएको हो।

त्यस्तै, उइजङबु शाखाको वरिष्ठ उपाध्यक्षमा सानु लामा र सचिवमा बङ्लादेशका मुख्तार चयन हुनुभएको छ । उक्त शैक्षिक कार्यक्रमको सुरुमा एम.टि.यु. अध्यक्ष उदय राईले नयाँ परिवर्तित मजदुर कानुननको बिषय माथि प्रकाश पार्दै प्रशिक्षणका साथै कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो।

नँया निर्वाचित एम.टि.यु. उइजङ्बु शाखाका पदाधिकारीले आगामी दिनमा प्रवासी श्रमिक युनियनमा ज्यादा भन्दा ज्यादा प्रवासी श्रमिक एकजुट गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रियाहरू