प्रशंग प्रेम दिवश अनि हिउँको चित्र

578

आज ( feb 14) बिहानै पारी पट्टिको फ्याङइजमा काम परेकोले हतार गर्दै बाहिर निस्किएर बाटो तर्फ लागे। केही पर पुगे पछि समतल हिँउमा पानको पात बनाएको दृष्यले मेरो आँखा तान्यो। जसको बिचमा ज्योती नाम लेखिएको थियो अंग्रजीमा। भ्यालेन्टाइनको कमाल मनमनै भन्दै सोच्दै गए। केही पर पुगे पछि फेरी पनि उही दृश्य उही नाम। अचम्म त यो थियो कि करिव बाटोमा १०-१२ ठाँउमा उही दृश्य देखिन्थ्यो।

मैले सोचे कोही नेपाली प्रेम पागल युगल जोडी होलान्। केही पर पुगे पछि एउटा युवालाई देखेँ, जो हिउँमा त्यही तस्वीर कोरिरहेका थिए। मैले सोधेँ अंग्रेजीमा Where are you come from? I mean your Country ? प्रतिउत्तरमा उँहाको जवाफ आयो – नेपाल। अनि मैले सोधेँ- के गर्नु भएको हो यो यस्तो? त्यसपछि उँहाले भावुक हुदैँ आफ्नो बिगत बारे बताउँनु भयो।

वास्तविक ज्योति नामको जो कृषि क्षेत्रमा काम गर्ने एक नेपाली युवती सँगको प्रेम टुटे पछि उँहाले आफ्नो आत्मकथा लेख्दै मन बुझाउँदै गर्नु भएको रहेछ। यो थाहा पाए पछि मेलै सम्झाउँदै भने- हेर्नुहोस् यो जमनाको माया केवल तपाईले हिँउमा बनाउनु भएको दृश्य जस्तै हो। हिँउ परुन्जेल आवृति जे को बनाए पनि बन्छ, हिँउ बिलायो सब हराउँछ।यसै कारण मान्छे डिप्रेसन अनि मृत्यु सम्म पुग्छ।

प्रेमलाई हिँउ अनि बालुवामा लेखेर होइन, शिला बनाएर लेख्नुहोस्, जो हजारौ पुस्तकको वर्णन एउटा इतिहासले देओस्। सायद प्रेमको वास्तविकता शिलामा लेखेको भए प्रेम अजम्वरी बनिरहन्थ्यो होला,आज त्यही कागजमा लेखिएको कारण तनमा सजिए पनि मनवाट अलग हुन पर्यो- मैले सम्झाँए। फेरी मैले भने- अब तपाई जस्ता प्रेमको पुजारीले एउटा नँया सृजना गर्नुहोस्, जँहा प्रेमको आदित्य अनुपमा वनाएर सवै सामु स्तम्भ बनाउँनुहोस्।

नोट : वर्तमान समयमा पाठक बिच पस्किन खोजेको कुरा “ भाग्य र मनको आपसमा जब कुरा मिल्दैन , मनमा त हुन्छन्, अनि कसै गरे पनि हटाउँन सकिन्न तर तिनै सँग भाग्य जोडिएको हुदैँन।“

 

प्रतिक्रियाहरू