प्रेम अनि जवानी

1084

समयले डेग नचल्ने भए त मेराे र उसकाे भेट पनि सम्भव हुदैन्थ्याे हाेला । भगवानकै लीला अपरम्पार  । जवानीमा नबसेकाे माया पिरती कहिले बस्ला र? समयले अाफ्नै गति लिदैथियाे अनि उसकाे याैवनले पनी तर म मेराे वैँसलाई बिट मारेर राख्ने काेशिसमा पनि निकै अब्बल थिए ।
मेराे वैँसमा अाँखा लगाउनेहरुकाे पनि कमी नभएकाे हाेइन तर मेराे याैवनलाई अछुताे हुन नदिन उसका याैवनका २ शब्दहरुनै मेरा लागी काफी भइदिन्थे । न कि अरुकाे स्पर्शले म डगमगाऊ ।

प्रेम के हाे ? माया के हाे ? सम्वन्ध के हाे ? अनि घरवार ? म सँग प्रश्न साेध्न थाल्दछे ! उ कलिलै छे उसका दिमागमा यि सब कुराहरुले ठाँउ पाउदैनन्। स्वभाविकै हाे किनकी समय सङ्गै उसका याैवनले पनी अाफ्नै गती लिदै थिए… … ।

म ठट्याैली शैलीले,
” विस्तारै बुझ्नेछस मन्की जब रुखहरुमा चुराे पस्दछन नि त्यसपछि नै हाे वनपाले ले जङ्गल भित्रका रुखहरुमाथी अाँखा लगाउने र बिस्तारै चुराे राताे हुन्छ अनि सबै मिलेर जङ्गल फडानी गर्दछन् ।”

ऊ :  मतलब म विरुवै छु त?
हाे मन्की विरुवै छस भर्खर उम्रिदै गरेकी ।

ऊ एकछिन झाेक्राई मेराे बिचारमा अलमलमा परेकी देखिन्थिई !

एकैछिनपछि सानाे स्वरमा भन्दैथिई;
तर मेराे हातमा त तपाईकै नामकाे राताे चुराे हुन्छ नि ?
उसलाई ढाडस दिदै प्रतिउत्तर दिए,

त्यसाेभए याे पनि बुझ, तलाई कसैले पनि ढाल्न सक्दैन ।

निच्च हास्दै 😂 लेग्राे तान्दै माई डियर भन्न थाली ।

उसका शब्द झर्न नपाउदै म उसलाई विस्वस्त बनाउदथे ,
तेरा यि सुमधुर स्वरनै मेरा प्रत्येक शाहसिक कदमहरु हुन् ।
तेराे शब्द-शब्दकाे शब्दअर्थ  मेरा अाफ्नै शब्दकाेशबाट खाेजेर सामुन्ने प्रकटगराइदिन्छु ।

प्रेम : अनुराग,मनमा अनुभव हुने अाकर्षण
माया : प्रेम वा स्नेहकाे भाव
साट्न बाँकीनै छ!
सम्बन्ध: त्याे पनि हाम्राे नाता छुटेछ भने भेटमा बताईदिनेछु ।
घरबार : विवाह । नया जिन्दगिकाे सुरुवात । भाग-२

ऊ मख्ख पर्थी अनि उसका मख्याइपनमा म फुरुङ्ग भइदिन्थे।
अवशाेष कहिले जानेरै जवाफ दिन्थे त कहिले अन्जानमै । तर सजिली केटाकेटी जस्ती मेराे बाेली,बाेल्ने शैली,अनी व्यवहारमा लट्टिएकी,मायाजालमा फसेकी ।

प्रतिक्रियाहरू