फक्ताङ्लुङ आइडल तिर्सना नेम्वांङलाई कोरियामा सम्मान

0
226

पाँचथरको फक्ताङ्लुङ् सयङ केन्द्रीय समितिको आयोजनामा सम्पन्न लिम्बु भाषिक लाइभ गायन प्रतियोगिताकी पहिलो फक्ताङ्लुङ आइडल तिर्सना नेम्वांङलाई कोरियामा सम्मान गरिएको छ। नेम्वाङलाई एक भब्य कार्यक्रमको साथ पाँचथर सेवा समाज दक्षिण कोरियाको सम्मान गरेको छ ।

समाजका अध्यक्ष राजेन्द्र चेम्जोङको सभापतित्व एवं पुर्वाञ्चल समाजको उपाध्यक्ष अमृत राई प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

-- Ad --


सम्मान पछि कार्यक्रममा बोल्दै नेम्वांङ्ले आफ्नो जाति, समुदाय र संस्कृतिप्रति आफु सधैँ उत्तरदायी बन्ने प्रतिबदता ब्यक्त गरिन।

नेम्वाङ किराँत लिम्बु जातीहरुको महान पर्व चासोक तङनामको कार्यक्रमको लागी आफ्नो प्रस्तुती दिन कोरिया आएकी हुन्। कार्यक्रममा नेम्वाङ्ले आफ्नो चर्चित लिम्बू भाषिक पालाम, हाक्पारे र मुन्धुम लगायत अन्य नेपाली गीत गाएर दर्शकदीर्घालाई मनोरन्जन गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here