फाइब जी – कोरियाली बिकासको अर्को फड्को , सिर्जना हुदैछ ६ लाख नयाँ रोजगारि

968

नबिन प्रविधिको बिकास र बिस्तारमा   समकालीन विश्वमा निकै अगाडी रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्रुत संचार  सेवा विकसित गरेको छ । पाँचौं पुस्ताको मोबाइल नेटवर्क,  तीव्र गतिको यस प्रविधिले दक्षिण कोरियाको बिकासमा अभूतपूर्व फड्को मार्ने बिश्वास  लिइएको  छ ।

फोर जी- भन्दा २० औं गुणा तिब्र गतिको यस प्रविधिलाई उपयोग गर्दै सन् २०२६ सम्म ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने दक्षिण कोरिया सरकारको  तयारि छ l

बिज्ञान तथा प्रबिधि मन्त्रालयका अनुसार सरकारले निर्यातमा आधारित १० वटा फाइब जी प्रविधिका कम्पनी तथा ५ वटा सेवाका क्षेत्रका  लागि   ७३ बिलियन अमेरिकी डलर लगानी गर्ने तयारि गरेको छ l

यसरि लगानी गर्ने तयारीमा रहेका कम्पनि हरुमा बिसेष गरि अर्को पुस्ताका स्मार्ट फोन , नेटवर्क उपकरण, सूचना ,सुरक्षा,  बास्तबिकता सम्बन्धि उपकरणहरू, ड्रोनहरू, रोबोटहरू,  क्लोज सर्किट  टेलिभिजन र अन्य बौद्विक यन्त्रहरू समावेश छन् ।

त्यस्तै  सरकारले  सन् २०२५  सम्म स्मार्ट कारखानाहरू, स्वचालित  ड्राइभिङ्ग, स्मार्ट शहरहरू र डिजिटल स्वास्थ्य हेरचाहलाई पाँच प्रमुख सेवाको रुपमा बिस्तार गर्ने बताएको छ l

डिजिटल स्वास्थ्य सेवामा,  २०२१  सम्म फाइब  जी-आधारित आपतकालीन उपचार प्रणाली विकास गर्नेछ भने सन २०२५ सम्म  देशका २० प्रतिशत आपातकालीन केन्द्रहरूमा  सो सेवा उपलब्ध  हुने छन् l

सरकारले ५  हजार नेटवर्कमा आधारित यी औद्योगिक सेवाहरू र तथा प्रबिधि  क्षेत्रहरूको लागि ६ लाख नया रोजगारी सिर्जना हुने बताएको छ l

१ मिलि सेकेन्डमा सयौं डाटा ट्रान्सफर गर्न सकिने फाइब  जी प्रविधिलाई चौथो औद्योगिक क्रान्तिको निमित्त  आधार टेक्नोलोजीको  रुपमा लिइएको छ l  सन् २०२६ सम्म विश्व बजारमा फाइब जी सम्बन्धि कारोवार १ हजार १ सय ६१ ट्रीलियन कोरियन वोनले बृद्दी हुने अपेक्षा गरिएको छ l

प्रतिक्रियाहरू