फेन्थेकमा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृति कार्यक्रम हुने

235

फेन्थेक माइग्र्रेन्ट वेलफेयर सेन्टर नेपाली समितिको आयोजनामा नव वर्ष २०७६ लाई स्वागत शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । यहि आउदो शनिवार अप्रिल १३ तारिकका दिन फेन्थेक माइग्रेन्ट हलको तेश्रो तल्लामा बेलुकी ६ बजे देखि ९ बजेसम्म विविध कार्यक्रम गरि नयाँ वर्ष धुमधामका साथ मनाइने आयोजक कमिटीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिएका छन्।

उक्त दिन नयाँवर्ष हर्षोल्लासका साथ मनाउन कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइदिन हुन आयोजक कमिटिले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू