फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिको नेपाली नयॉ बर्ष शुभकामना आदानप्रदान सम्पन्न

16

फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिको नेपाली नयॉ बर्ष शुभकामना आदानप्रदान सम्पन्न भएको छ । विगतका बर्षहरुमा जस्तै नेपाली नयॉ बर्ष यो बर्ष पनी चैत्र महिनाको अन्तीम शनिबारका दिन फेन्थेकस्थित फेन्थेक माईग्रेन्ट सेन्टरको सभा हलमा आयोजित नेपाली नयॉ बर्ष शुभकामना आदानप्रदान एवम विविध सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ।

हामी नेपालीको रितीरिवाज,भाषा संस्कार तथा संस्कृतीको सम्मान गर्दै जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरिएको नेपाली नयॉ बर्ष शुभकामना आदानप्रदान एवम विविध सास्कृतीक कार्यक्रम शु(सम्पन्न भएको हो । प्रवाशी नेपालीको सुख(दुखको साथी फेन्थेक माईग्रेन्ट सेन्टर प्रवाशमा रहनुहुने सम्पुर्ण नेपालीजन लाई खेलकुद,सांस्कृतीक एवम विविध पक्षबाट एकतावद्द बनाई समाज निर्माणमा लागौ भन्ने नारा बोकेको कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण पौडेलको सभापतीत्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विशाल थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।प्रमुख अतिथीमा कान्तिपुर रेष्टुरेन्ट संचालक अम्बिका डिसिका साथै अतिथीहरू क्रमश माउन्टेन रेष्टुरेन्ट संचालक सुजन श्रेष्ठ,फेन्थेक माईग्रेन्ट सेन्टर प्रमुख खिम थेफ्योनीम,निवर्तमान अध्यक्ष राजेन्द्र वेल्वासे,पुर्व अध्यक्ष कृष्ण पुरी, रास्कोट सामुदायीक अस्पताल सहयोग अभियानका संयोजक यम श्रेष्ठ, पॉच स दक्षिण कोरियाका माहासचिव प्रेमराज अधिकारि,स्याङ्जा समाज दक्षिण कोरियाका केन्द्रिय सचिव भक्त थापा, समाजसेवी तथा पत्रकार गुरुदत्त न्यौपाने,हेल्लो नेपालका प्रवन्ध निर्देशक पुष्पराज लामिछाने लगायतका पत्रकारका साथै संस्थाका पुर्व समितिका पदाधिकारी एवम अन्य संस्थाका अध्यक्ष, प्रतिनिधि,अग्रज तथा सक्रिय व्यात्तिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कार्यक्रममा फेन्थेक माईग्रेन्ट सेन्टरका प्रमुख खिम थेफ्यो नीमबाट सुरु भएको शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष राजेन्द्र वेलवासे,प्रेमराज अधिकारी,यम श्रेष्ठ,कृष्ण पुरी हुदै कार्यक्रमकी प्रमुख अतिथी अम्बिका डि।सि। सम्म आईपुग्दा सबैले प्रवाशमा रहनुहुने नेपालीजनमा आ(आफ्नै शब्द शैलीमा नव बर्षको शुभकामना प्रदान गर्नुभएको थियो।
सो कार्यक्रममा विगत केहि महिना देखि संचालन गरि हालै सम्पन्न रास्कोट सामुदायिक अस्पताल सहयोग अभियानमा यस संस्थाले संकलन गरेको रकम २७०६५५५ कोरियन वोन अभियानका संयोजक यम श्रेष्ठ ज्यु लाई संस्थाका पदाधिकारी हरूको हातबाट हस्तान्तरण गरिए लगतै कार्यक्रमकी प्रमुख अतिथी बाट संस्थाका खेलाडी हरुलाई सम्मान एवम खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

फेन्थेक वरिपरी रहनुभयका नेपालीजन हरुको उल्लेखनीय उपस्थीती रहेको सो कार्यक्रममा रचना एवम साहित्यकार हरु क्रमशञ्अमृत के सि ,प्रकाश न्यौपाने,मनोज चापागाई लगायतले आफ्नो गजल एवम विविध रचनाबाट मनोरन्जन दिनुभएको थियो ।
त्यसै गरि करिब ८स्३० बजे तिर कार्क्रम संचालक जिवन अर्याल ले कार्यक्रमका सभापती लाई धन्यबाद मन्तव्य एवम औपचारिक कार्यक्रम समापनको लागी माइक्रोफन हस्तान्तरण गरेसंगै सभापतीले सम्पुर्णमा न्यानो अभिवादनको साथै शुभकामना एवम धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो ।

सो लगतै करिब १ धण्टा जस्तो खानपान को कार्यक्रम संगै संस्थाका सह सचिव मनोज चापागाईको कलात्मक शैलीबाट सुरु भयको सांस्कृतीक कार्यक्रम कलाकार हरु ९रेशमराज अर्याल,प्रकाश महर्जन,राजेस थापा,सोम बुडा० लगाएत लाई सम्मानका साथ प्रस्तुती सुरु भएको थियो ।

कलाकार हरुको बेजोड प्रस्तुती संगै दर्षकहरुमा हर्षउल्लास सॉचिकै हेर्न लाएक देखिन्थ्यो । कार्यक्रमको अन्तीममा सम्पुर्ण आगन्तुक पाहुनाहरुले कार्यक्रमको खुल्ला हृदयले प्रशंसा गर्दै अहिलेसम्मकै रमाईलो एवम एकीहॉसिक संघ्या दिदै विदा हुनुभएको थियो । यिनै विविध कार्यक्रम हरूका साथमा कार्यक्रम पुर्ण रूपले शु(सम्पन्न भएको थियो।