फेब्रुवरी ४ मा दक्षिण कोरियामा सोनाम ल्होछार भब्य रुपमा मनाइने, कार्यक्रमको सम्पूर्ण तयारी पूरा

0
162

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछारको अवसरमा गर्ने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
संघको आयोजनामा फेब्रुवरी ४ तारिखमा हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना चर्चित तामाङ कलाकार नेपालबाट आउने भएका छन् । ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान कोरिया आउने भएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापक संयोजक रबि लामाका अनुसार अहिले सबै कलाकारको भिजा लागि सकेको छ । फेब्रुअरी २ तारिखमा कलाकार दक्षिण कोरिया आइपुग्ने छन् । “यो बर्ष दक्षिण कोरियामा रहेका सबैलाई सउलको AW Convention हलमा आउन आग्रह गर्दछौ ।’ उनले भने । ‘कोरियाको दुःख भुल्ने गरि रमाइलो हुन्छ । तामाङलाई मात्र होइन सबै नेपाली साथीभाइलाई आउन निम्तो गर्दछौ ।”

ल्होछार मुल आयोजक समितिका संयोजक तथा संघको अध्यक्ष मेघप्रसाद वाइबा तामाङले ल्होछार कार्यक्रम बृहत हुने बताए । “हामीले यस पटक तामाङ समुदायको सबै बिधाका कलाकार ल्याएका छौ । डम्फुरे हुनुहुन्छ । सेलो गाउने हुनु हुन्छ । फाबरे गीत गाउने पनि हुनु हुन्छ । मेन्दोमायाको गायिका पनि हुनु हुन्छ । त्यसैले तामाङको सबै क्षेत्रको कला, संस्कार देख्न सकिन्छ ।”

-- Ad --


संघका महासचिव गोकुल थोकरले पराम्परा देखि मान्दै आएको चाडलाई बिदेशमा पनि सबै साथीभाइ मिलेर रमाइलो गर्दै मान्न पाउनु राम्रो अबसर भएको बताए । “हामी यस पटक भब्य हल र राम्रो कलाकारसँग मनाउँदै छौ । त्यसैले सबै कोरियाबासी तामाङ लगाएतका सबै नेपालीलाई आउन आग्रह गर्छौ । कोरियामा रहने साथीभाइले फेबु्रअरी ४ को तामाङ संघको ल्होछार सांस्कृतिक कार्यक्रम छोड्न मिल्दैन ।” उनले भने ।

ल्होछार कार्यक्रममा ताम्बा डम्फूरे तामाङ पुस्तक, भेषभुषा (तामाङ गोइलो), तामाङ मौलिक बाजा डम्फू र तामाङ खाना परिकारको प्रदर्शनी हुनेछ । ल्होछार सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा तामाङ समुदायको पहिचानको शक्ति प्रदर्शन हुने संघका सचिव अमिर योञ्जनले बताए । उनका अनुसार त्यस दिन ताम्बा डम्फूरे, लामा लगायत आम सहभागीहरुसँग सांस्कृतिक र्याली हुने बताए ।
सांस्कृतिक कार्यक्रममा कोरियामै रोजगारीको सिलसिलामा बस्दै आएका सेलो तथा आधुनिक गायक अमन थिङ, युनिक दोङ, राज ब्लोन, ज्ञान लामा, भवस्बी बम्जन, परस्वती लामा, नीरु लामा र रहर तामाङले गाउने छन् भने मनिराज लामा, कला घ्लान, रमण पाख्रिन, डेलिना ब्लोन र कमला थोकरको नृत्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here