फेब्रुवरी ५ कोरियामा लिम्बू भाषाको चलचित्र “के साङला” प्रदर्शन हुँदै, चलचित्रकी नायिका लक्ष्मी योङहाङ नेपाल देखि आउने

416

नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको पौवा सारतापमा लक्ष्मि योङहाङको जन्म भएको हो। पौवा सारताप नेपाली साहित्यको उत्वरा माटो मानिन्छ ।त्यही उत्वरा माटोमा हुर्की खेलेको नाता सम्बन्ध हुँदा हुँदै पनि लक्ष्मी योङहाङले आफुलाई भने कला र मोडलिङ क्षेत्रमा पाइला राखिन् र केही बर्षयता कला र मोडलिङ क्षेत्रमा लगातार संघर्ष गरिरहेकी छिन्। विशेषगरी आफ्नो रुचि मोडलिङ् क्षेत्र भए पनि बचेको फुर्सदको समय समाज सेवा गर्ने इच्छा रहेको उनले सुनाईन् ।

वर्तमान समयम पनि विभिन्न संघ सस्थाहरुमा आबद्ध भएर सामाजिक कार्य गरि रहेकी छिन्। ‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ पाएपछि मोडलिङमा आफूलाई थप प्रेरणा र हौसला मिलेको उनी बताउँछिन्। उनले भनिन्, मिस लिम्बूमा मैले कल्चरल अवार्ड पाएकी थिएँ, त्यसपछि मलाई यस क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको हो ।
गायक स्वरुपराज आचार्यको “सधै आशु” बोलको गितबाट म्युजिक भिडियोमा डेब्यु गेरेकी उनले हाल दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोड्लिङ गरि सकेकी छिन् भने आफुलाई विस्तारै नेपाली मोडलिङको मूलधारमा स्थापित गर्दै अघि बढिरहेकि छिन्।
यसका अलावा गायनमा पनि उत्तिकै रुचि भएको उनी बताउँछिन्। हाल उनको आफ्नै भोकलमा तीन चार वटा लिम्बू गीत रेकर्ड भएर बजारमा पनि आइसकेको छ। सानै देखि गाँउघरमा नृत्य / गायन कार्यक्रमहरुमा सहभागी हुने गरेको थिएँ त्यसैले, अहिले आएर मलाई मेरो क्षेत्रमा आउन सहज भएको छ उनी थप्छिन्।

उनी थिएटरमा पनि उतिकै चासो देखाउँछिन र हालै मञ्चन हुन्दै गरेको नाटक “तुम्बी बाजे” मा पनि उनको अभिनय देख्न सकिन्छ। विभिन्न स्टेज प्रोगामहरुमा निकै नै ब्यस्त देखिने उनी यस्तै व्यस्तता बिच कोरियनहरुको ठुलो चाड सलनालमा सिरिजंगा इन्टरट्रेटमेन्टले लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित “के साङला” चलचित्र साथमा संस्कृतिक कार्यक्रममा सवभागी हुन लक्ष्मी नेपालबाट कोरिया आउदै छिन् । लक्ष्मी योङहाङ “के साङला” चलचित्रको नायिका पनि हुन्।
कार्यक्रम यहि फेब्रुवरी ५ तारिख दक्षिण कोरियाको एम.टि.यु हलमा दिनको १२ बजे प्रदर्शन गरिने भएको जानकारी कार्यक्रमका आयोजक सिरिजंगा इन्टरटेनमेन्टका सदस्य कल्पना माबोले वताउनु भएको छ। साथै, चलचित्रलाई माया गर्ने र चलचित्र हेर्न मन पराउनुहुने सबैलाई आयोजकले हार्दिक निमन्त्रणा पनि गरेको छ।

प्रतिक्रियाहरू