फेरी कोरिया जान चाहनेहरुका लागि कोरियन भाषा परिक्षा खुल्यो

0
5860

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो ।

-- Ad --


अघिल्लो वर्ष बन्द भएको सिविटी भाषा परिक्षा यो वर्ष भने २ पटक लिइनेमा पहिलो सिविटी अन्र्तगत गत मे २ (वैशाख १७) मा लिइएको थियो ।

इपिएस अन्तर्गत पुन कोरिया जानका लागि गत बैशाखमा लिइएको सिविटी परिक्षामा ४ सय ३९ जना उर्तिण भएका थिए । जसमा ३ हजार १ सय ५५ जनाले फारम भरेका थिए ।

इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास ९एचआरडी० ले सिविटी परिक्षा लिने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here