Home EPS / कोरिया फेरी खुल्यो कम्युटरमा आधारित कोरियन भाषा परिक्षा (सिविटी), भदौ ४ मा परिक्षा

फेरी खुल्यो कम्युटरमा आधारित कोरियन भाषा परिक्षा (सिविटी), भदौ ४ मा परिक्षा

0
फेरी खुल्यो कम्युटरमा आधारित कोरियन भाषा परिक्षा (सिविटी), भदौ ४ मा परिक्षा

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो वर्षका लागि दोश्रो पटक कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा भदौ १६ गते तोकिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आषाढ ३० देखि श्रावण ०१ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २७ गते सार्वजनिक गर्ने र परिक्षा भदौ १६ गते देखि हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल कार्तिक १५ मा सार्वजनिक गरिने भएको छ ।
२०१७ मा बन्द भएको सिविटी अघिल्लो वर्ष देखि वर्षको २ चोटी सञ्चालन हुदै आएको छ । यो वर्षको पहिलो सिविटी बैशाख ४ गते लिइएको थियो । सन् २०१६ सम्म भने सिविटी वर्षको ४ चोटी सञ्चालन हुने गर्दथ्यो ।

कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।

सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटीं) लिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here