फेसबुकमा जथाभावी लेख्नेलाई दुतावासले भन्यो अनर्गल प्रचार नगर्नुहोस

3028

सउल स्थित नेपाली दूताबासले आफ्नो आसेपासेहरुलाई मात्र बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै केही स्थानिय अनलाईन मिडिया र सामाजिक संजालमा भएका टिका टिप्पणी प्रति दूताबासको ध्यानकर्षण भएको जनाएको छ । मंगलबार दूताबासले एक विज्ञप्ती जारी गर्दै यस्ता कार्यले नराम्रो सन्देश जाने भन्दै सम्वन्धित सवैलाई सचेत रहन समेत अग्रह गरेको छ ।

त्यस्ता अनर्गल प्रचारप्रति दूताबासले दुःख व्यक्त गरेको छ । शुभकामना कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुलाई निमन्त्रणा नगरेको गुनासोप्रति दूतावासले कोरियामा सक्रिय विभिन्न राजनितिक दलका भातृसंगठन, संघ संस्था, विद्यार्थि, पत्रकार सबैको प्रतिनिधित्व गर्दै ५० भन्दा बढीलाई फोनबाट म्यासेज गरि निमन्त्रणा पठाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

दूताबासले विज्ञप्ती सहित निमन्त्रणा गरिएको व्यक्ति तथा संस्थाको नामावली समेत सार्वजनिक गरेको छ । कार्यक्रम मंगलबार परेकाले अतिथिहरुको न्युन उपस्थिती रहेको दुतावासले जनाएको छ।

गणतन्त्र दिवसको अवसरमा केहि सिमित ब्यक्तिहरुलाई मात्र बोलाएको भनेर कोरियाबासी नेपालीहरुले सामाजिक संजाल फेसबुकमा दुताबासप्रति धेरैले आक्रोश पोखेका थिए ।

प्रतिक्रियाहरू