बलात्कार गरेको आरोपमा सोलस्थित सेन्ट्रल चर्चका पास्टरलाई १५ वर्षको जेल सजाय

2068

दक्षिण कोरियाका एक पादरीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ । आठ महिला अनुयायिलाई बलात्कार गरेको आरोपमा राजधानी सोलस्थित मामिन सेन्ट्रल चर्चका ७५ वषर््िाय पादरी ली जे रोकलाइ उक्त सजाय सुनाइएको हो । आठ महिलाले बलात्कार गरेको आरोपमा मुद्धा दर्ता गरेपछि गत मे महिनामा लीलाई पक्राउ गरिएको थियो ।
उक्त चर्चका १ लाख ३० हजार अनुयायि रहेको बताइन्छ । सन् १९ सय ८२मा लीले स्थापना गरेको मामिन चर्चमा शुरुको दिनमा जम्मा १२ अनुयायि रहेका थिए । पादरी लीले आफु माथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । दक्षिण कोरियका अधिकांश क्रिश्चियनहरु मुलधारको चर्चमा आवद्ध छन् जसले ठुलो परिणाममा धन संकलन र प्रभाव जमाउने गरेका छन् ।

प्रतिक्रियाहरू