बारा र पर्साका हावा हुरी पिडितलाई कोरिया तथा ओमनबाट सहयोग हस्तान्तरण

444

बारा र पर्साका हावा हुरी पिडितलाई कोरिया तथा ओमनबाट संयुक्त्त रुपमा ठूलो रकम बराबरको सहयोग हस्तान्तरण गरिएको छ।

नेपालमा गत चैत्र १७ गते भएको भीषण हावाहुरीको कारण पर्न गएको ठूलो धनजनको क्षतिलाई महशुस गरी कोरिया तथा ओमनमा राहत संकलनको लागि छोटो समय अभियान चलाइएको थियो। कोरियामा “स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान” समुह द्वारा ३ दिनको छोटो अबधिमा ४२,८८,३३२/- कोरियन वन र ओमनवाट सबु सुनार र जानुका राईवाट ने.रु ४,१४,२५५/- रकम संकलन गरिएको थियो।

यस संकलित रकम सम्बन्धित ठाउँको जिल्ला प्रशासनको निर्देशनमा कोरियाबाट फर्केका सामाजिक अभियन्ता तथा टिमका युवा प्रतिनिधिहरुले वास्तविक पीडित पहिचान गर्दै ६० घरपरिवारलाई ग्यास चुलो, सिलिन्डर, रेगुलेटर पाइप र खाना पकाउने भाँडाकुँडा आदि पीडित कै हातमा बितरण गरेका हुन् ।

प्रतिक्रियाहरू