बाल गायक केसीको पहिलो म्युजिक भिडियो सार्वजानिक

2027

 

चर्चित गीतकार कादम्बरी दाना श्रेष्ठको जादुमयी शब्दहरुमा सुरशाला आइडल जुनियरको बिजेता बहुचर्चित बालगायक आयुष केसीको स्वर र अभिनय समेत रहेको पहिलो म्युजिक भिडियो आज सार्बजनिक भएको छ । सुमधुर स्वरका धनि बालगायक आयुषको १३ औ जन्मदिनको अवसर पारेर सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार श्रेष्ठले आफैले पनि अभिनय गरेकी छिन । साथमा विनोद न्यौपाने पनि अभिनय रहेको छ ।

आमाको माया र बुवाको स्नेहलाई समेटेर बनाएको उक्त म्युजिक भिडियोको गीतहरुको शब्द नै यति सुमधुर छ कि सधै सुनी राखौ झैँ लाग्ने ।

तिमिबिना सृष्टि अधुरो थियो आमा,
तिमिबिना जिन्दगी अपुरो थियो बाबा।
ममताकि खानी तिमी,प्रेमको सागर तिमी
आमा-बाबा! ………………………………………………..

यो म्युजिक भिडियोमा घरमा बसेर अध्ययन गरिरहेको सन्तानलाई होस्टलमा लगेर राख्दा आमालाई कस्तो पिडा हुन्छ भनेर प्रस्तुत गरिएको छ । शब्द शल्पी गीतकारको शब्दको जादु त दर्शकहरुले सुनिसक्नु भयो हेरिस्कनु भयो तर यो म्युजिक भिडियोमा गीतकारको शसक्त ममतामयी अभिनय पनि हेर्न सकिन्छ । भिडियो हेर्ने दर्शकहरुको लागि गीतकारको अभिनय नयाँ नौलो भए पनि इजरायलबासी नेपालीहरु माझ भने दाना दिदिको आकर्षक नृत्य सबैले हेर्दै आएका छन् , इजरायलमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्राय:कादम्बरी दाना श्रेष्ठको सहभागी हुन्छ । गीतकार श्रेष्ठ अन्तर्राष्ट्रिय कलाकार मञ्च , इजरायल शाखाकी बरिष्ठ उपाध्यक्ष हुन ।

शब्द शिल्पी गीतकार कादम्बरी दाना श्रेष्ठले आफ्नु स्वर्गवासी छोरा सुशान्तको नाममा समर्पित पहिलो एल्बम ”सुशान्तको स्मृति ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले केहि महिना अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर दर्शक सामु आएकी छिन, जसमा शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेसहरु छन ।

क्रमिकरुपमा उक्त एल्बमको गीतहरुको म्युजिक भिडियो पनि निर्माण हुदै आएको सबैलाई बिदिदै छ जसको पहिलो म्युजिक भिडियो ”लैजाउन मलाई सिउदोमा सिन्दूर लर्काइ” पहिले नै सार्बजनिक भैसकेको छ जसमा चर्चित गायिका मिलन अमात्यको स्वर रहेको छ । सोहि एल्बमको दोश्रो गीत ”शुभकामना” को म्युजिक भिडियो पनि निर्माण भएर असार १५ को दिन रिलिज भएर आज चर्चाको चुलीमा छ । ”शुभकामना” को म्युजिक भिडियोलाई नेपाल आइडलकि टप सेभेनमा परेकी सन्ध्या जोशीले आवाज दिएकी छिन ।

 

चर्चित म्युजिक भिडियो निर्देशक देवजंग थापाको निर्देशन, छायांकन र सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ को सांगीतिक माधुर्यताले भरिएको आमाबुवाको म्युजिक भिडियो सर्बोकृष्ट छ । यस म्युजिक भिडियोको एरेन्जरमा उदयराज पौडेल रहेका छन् । डसम्युजिक नेपालको प्रस्तुति तथा बजार ब्यबस्थापनमा डश म्युजिककै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा लामोसमय देखि इजरायलमै रहेर पनि नेपाली कला क्षेत्रलाई शब्द श्रीजना मार्फत धनी बनाउन लागि परेकी उदयीमान सर्जंक गीतकार कादम्बरी दाना श्रेष्ठ इजरायलमा रहेको बिभिन्न सामाजिक संघसंस्थाहरुमा संग्लन हुदै समाजसेवामा पनि लागि पर्ने नाम हो ।आमाबुवाको निर्माण टिमको मेहनत प्रसंसनिय छ , स्वदेशनेपालको तर्फबाट सिंगो टिमलाई सफलताको कामना छ ।

-हेर्नुहोस भिडियो

 

प्रतिक्रियाहरू