बिकसित राष्ट्रहरु मध्ये दक्षिण कोरियाको आत्महत्या दर सबैभन्दा उच्च जापान तेस्रोमा

0
911

विश्वका बिकसित राष्ट्र मध्ये दक्षिण कोरियाको आत्महत्या दर उच्च रहेको एक तथ्यांकले देखाएको छ l  स्वास्थ्य कल्याण मन्त्रालय तथा राष्ट्रिय बिमा संस्थानले गरेको अध्यन अनुसार सन् २०१६मा मात्र कोरियाको आत्महत्या दर २५ .८    रहेको छ l
बिगतका बर्ष हरुको तुलनामा   यो दर केहि कम हो l सबैभन्दा धेरै सन् २००९मा मृत्यु भएका मध्ये ३३.८ प्रतिशत मृत्यु आत्महत्याको कारण भएको  थियो l
यो आंकडा आर्थिक विकास  तथा सहायता संस्था ( ओइसीडी) का राष्ट्रहरु मध्येमा सबैभन्दा उच्च हो l जबकी ओइसीडीका राष्ट्रहरुको औसत आत्महत्या दर ११.६  मात्र रहेको छ l त्यस्तै दोस्रो स्थानमा रहेको लेटभिया र स्लोभेनियाको आत्महत्या दर १८ .१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ l त्यसैगरी तेस्रो स्थानमा रहेको जापानको आत्महत्या दर १६ .६  प्रतिशत छ l हंगेरी को १६.२ तथा बेल्जियमको आत्महत्या दर १५ .८  छ भने सबैभन्दा कम टर्कीको २.१ प्रतिशत मात्र  छ l
तथ्यांकअनुसार ओइसीडी का राष्ट्रहरुको औसत आत्महत्या दरमा सन् १९८५ देखि कम हुदै आइरहेको  छ भने कोरियाको आत्महत्या दर सन् २००० देखि २०१० सम्म सबैभन्दा उच्च रहेको छ l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here