बिगतलाई संझिदा

597

साथिहरु,
मैले ती चिसा चिसा दिनहरु बिर्षिएको छैन।
र त तपाईँहरुलाई सम्झिरहेको छु।
सम्झिनु भनेको फगत झुल्के घाँम मात्र होईन,
घाँमसंगै आएका किरणका प्रभावहरु केलाऊनु पनि हो।

त्यो चिसो सेठमा एक बिहानै समयसंगै दैडिनु,
अतिकाल न्यानो शरिरलाई चलायमान गराऊनु,
चिसोले चुसिसकेका औलाहरु भतभत पोल्नु,
छोपिएका सल्लकहरुमा चिसोको साम्राज्य बढ्नु,
मरिन्छ छ कि क्या हो!ओ हो कस्तो जाडो!
म आज ती दिनहरु सम्झिरहेको छु।
र तपाईँहरुलाई सम्झिरहेको छु।

घाँमले चुसे पनि म सुक्नेवाला थिईन।
किनकी मेरो अक्षिले सखारै हिमाल देखेको थियो।
हिमालको थुप्रोमा नेपाल नाचेको देखेको थियो।
तर ती चिसो हिऊभन्दा चिसा चिसा हिऊहरु,
आगोभन्दा तातो तातो आगो,
मैले जसरि तपाईले पनि ?
के होईन र?

कृपया मेरो अनुरोध तपाई साहुजीहरुलाई,
कामदारहरुलाई झन चिसो नबनाईदिनुहोस।
तपाईको दाना खाएर,
तपाईको कुभलो कहिल्यै चिताईन मैले पनि।
र त्यस्तै मन छ नेपालिको,
जहा हुलका हुल आईरहेछन ऊनिहरु
ईज्जत नबेचि श्रम बेच्नलाई।
बस् ,मात्र श्रम बेच्नलाई।

कहिल्यै बिर्षिन्न तपाईले भनेको:
“तेरो देशमा खाने चामल छ र?”
म अझै भन्न सक्दिन “नेपाल कसरि गुज्रदैछ?”
तर आज मेरो स्थानमा मेरै रगत आईपुगेको छ।
ऊसलाई चै केहि नभन्नुहोला।
किनकी ऊ मभन्दा सुरो छ।
ऊसले भर्खर दुई दशक मात्र काटेको छ।
रगत तातो छ।सहने शक्ति कम छ।

त्यो भन्दा ज्वलन्त कुरा अर्को छ साहुजी।
नेपाल तपाईको जस्तै गणतान्त्रिक भुमि हो
जहा नेपालि स्वतन्त्र छन।
तपाई ऊनिहरुलाई बाध्न चाहनुहुन्छ
ऊनिहरु फुस्किन चाहन्छन।
ऊनिहरु एऊटै पिजंडामा बसिरहन मन पराऊदैनन।
होईन भने ईतिहास पल्टएर हेर्नुहोस त नेपालको।

आत्महत्या!कतै कायरता।कतै दमन।कतै निष्ठुरता।
किन कोरियामै सबै भन्दा धेरैले ईहलिला समाप्त गर्छन त?
अपाच्य दुर्वादले?कामको चापले?
काममा भाति नपुगेकाले?भाषाको अनिपुर्णताले?
कैवल्यको अभावले?साथिको हेपाईले?
परिवारको कारणले?प्रेमिकासंगको बिछोडले?
ऊच्च महत्वकांक्षाले?के ले?
मर्नेले कहिल्यै भनेन हामिलाई।
तर बाच्नेहरु तपाईको भुमिमा छन।
ख्याल गर्नुहोला।

म संझन्छु”मेसिनसंगै चलेको जिन्दगी”
जहा क्षणक्षणमा होसियार!होसियार!
कस्तो दाऊमा राखेर हामी श्रम बेचिरहेछौ?
मर्नु र बाच्नुको धारमा जिन्दगी जिईरहेछौ।
सबै साथिहरु,
औला जोगाऊनुहोला।हात बचाऊनुहोला।
त्यो भन्दा ठुलो त मन दर्हो बनाऊनुहोला।
म देख्छु हात नभएकाहरु बाचिरहेछन।
हृदय नभएकाहरु मरिरहेछन।

सम्झने कुरा धेरै छन साथिहरु।
म आफु यता भएर तपाईहरुलाई सम्झदै छु।
तपाईहरु ऊता भएर यता सम्झदै हुनुहुन्छ।
जसरि सम्झिए पनि बिगतलाई नभुल्नु हो।
छोटो समयमा मिठो सम्झना संगाल्नु हो।
जसरी म बिगतलाई सम्झिदै आज तपाईलाई सम्झिन पुगे।

प्रतिक्रियाहरू