बिदेशी परामर्श केन्द्र ओइजम्बुले हाहा फेस्टिबल गर्ने

248

बिगत केही बर्ष देखि बिदेशी परामर्श  केन्द्र (UFC ) ओइजम्बु साखाले हाहा  फेस्टिबल  कार्यक्रम गर्दै आइरहेको हुनाले यस वर्ष पनि यहि मे महीनाको २६ तारिख आइतबारको दिन उक्त कार्यक्रम गर्ने भएको छ।जसमा करिव १५ एशियाली मुलुकहरु सहभागी भै आ~आफ्नो देशको मौलिक खानाका परिकारहरु,कला र संस्कृति झल्कने खालको मनोरञ्जन दृश्यहरू,भेषभुषाहरु साथै उपहार चिठ्ठा योजना र निशुल्क स्वास्थ्य परिक्षण समेत हुने भएकोले उक्त कार्यक्रममा उपस्थित भै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि  सबै नेपालीहरूलाई हार्दिक अनुरोध गरेको छ ।
नेपालमा हुन लागि रहेको नेपाल पर्यटन वर्ष २०२०को लागि थप सहयोग पुग्ने हेतुले कोरियालाई कर्म थलो बनाइ विभिन्न पेशामा रहनु भएका सम्पूर्ण आदरणिय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ जती सक्दो धेरै उपस्थितिको लागि नेपाली कम्युनिटी परिवारले बिशेष निमन्त्रणा पनि गरेको छ ।
“जती धेरै हामी नेपालीहरू जम्मा हूनेछौं त्यती धेरै नेपालीको शान बढ्ने छ ,तसर्थ उपस्थित हूनुहूने सबै दाज़ुभाइ तथा दिदीबैनि हरूले नेपाल झल्कने ड्रेस लगाई प्रोग्राम स्थलमा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ “।कार्यक्रम स्थलमा नेपाली खानाका परिकारहरू,नेपाली नाच,गीत र नेपाली खेल पनि रहने छ।
UFC भाग्यशाली चिट्टा ख़रीद गरी स्मार्ट फ़ोन तथा ल्यापटप पनि प्राप्त गर्न सक्नु हूनेछ।चिट्टाहरू ५ पिसलाई मान वन मात्र राखिएको छ।
कार्यक्रम हुने स्थान -: ओइजम्बु सिटि हल (ओइजम्बु जब सेन्टर)अगाडी
कार्यक्रम हुने समय -: बिहान ११ बजे देखि ४ बजे सम्म
चिठ्ठा कार्यक्रमको लागि सम्पर्क
१:-नारायण नेपाल
010 – 5931- 7691
२:-क्रिश गुल्मेली बाबु
010-5945-1937
३:-शंकर पाण्डेय
01099570154
४:-राम महर्जन
01021802644
५:-रवि गुरुङ्ग
01029835564

प्रतिक्रियाहरू