बिबाह गर्ने कोरियनको संख्या ४० बर्ष यताकै न्युन , सम्बन्ध बिच्छेदमा बृद्वी

573

पछिल्लो समय कोरियाहरु बिबाहप्रति आकर्षित हुन् छाडेको सरकारी तथ्यांकले देखाएको छ l बिसेस गरि युवा बर्गमा देखिएको बढ्दो बेरोजगारी ,आर्थिक समस्या आदिका  कारण बिबाह तर्फ आकर्षित हुन् छाडेपछी सो संख्यामा कमि आएको हो  l
बुधाबार प्रकाशित एक सरकारी तथ्यांकअनुसार सन् २०१८ मा बिहे गर्ने कोरियनको संख्या  ४० बर्ष यताकै न्यून रह्यो l सन् २०१८मा  बिहे गर्ने कोरियन जोडीको  संख्या २ लाख ५७ हजार ६ सय ६२ छ भने यो संख्या २०१७को तुलनामा करिब ७ हजारले कम छ  l उक्त संख्या सन् १९७२ पछिको सबैभन्दा कम हो l
त्यस्तै बिदेशी संग बिहे गर्ने कोरियन पुरुषको संख्यामा भने बृद्दी भएको छ l सन् २०१८मा २२ हजार ६ सय ९८ जना कोरियनले बिदेशी संग बिहे गरेका छन l यो संख्या सन् २०१७को तुलनामा ८.९ प्रतिशत बढी हो l
तथ्यांकअनुसार अँ २०१८मा १ लाख ८ हजार ६ सय ८४ जनाले सम्बन्ध बिच्छेद गरेका छन् l उक्त संख्या सन् २०१७ को तुलनामा २.५ प्रतिशतले बृद्दी भएको छ l

योंघाप

 

 

प्रतिक्रियाहरू