बिभिन्न श्रष्टा हरुको रचना बाचन संगै कोरियामा सम्पन्न भयो बृहत साहित्य मेला

0
121

नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा “बृहत साहित्य मेला” कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मिलन कान्छा किराँती  रहनु भएको थियो भने बिशिस्ट अतिथि अनेसास कोरियाका पुर्ब अध्यक्ष तथा प्रतिष्ठानका सल्काहकार कृश गुल्मेली बाबू , प्रतिष्ठानका सस्थापक खगेन्द्र पराजुली  तथा अतिथिहरुमा अनेसास कोरियाका बरिस्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , नेपाल लोकदोहोरी प्रतिष्ठान कोरियाका सचिव आर के पौडेल , कवि सुरेन्द्र कार्की , पत्रकार मीन बि .क ,गुरुदत्त न्यौपाने ,किसन गौतम , एम टि यु का अध्यक्ष उदय राई ,एपी वन एच डी का प्रतिनिधि सन्दिप पाण्डे, सनातन साहित्य साधना समूहका अध्यक्ष भबसवी बमजन  लगायत  रहनु  भएको थियो  l    
प्रतिष्ठानकै सदस्य  संजय खनालको स्वागत मन्तब्य सङ्गै सुरुभएको कार्यक्रममा कविता, गजल, मुक्तकमा ३/३ जना गरि ९ जना प्रमुख बाचक रहनुभएको थियो ।जसमा कवितातर्फ छन्द कवि जनक सन्याल , कवि बोनम प्रताप, सुष्मा रानाहँमा गजल तर्फ गोपिकृष्ण लामिछाने ,नवीन नेपाल , छविशीत कुलुङ तथा मुक्तकतर्फ दिपेन्द्र भटराइ , अर्जुन लामा र शिव निर्दोष रहनु भएको थियो । विशिष्ट स्रस्टाले ६/६ मुक्तक ,४/४ गजल र ३/३ कविता सुनाएर उपस्थित सबैलाई मन्त्रमुक्त बनाएका थिए ।
प्रमुख अतिथिको मन्तब्य राख्दै साहित्यकार मिल्न कान्छा किराँतीले पछिल्लो समय नेपाली साहित्यको बिकास बिस्तार गर्नका निमित्त प्रबासमा मुक्तक प्रतिष्ठानको उल्लेखनिय भूमिका रहेको र सस्थाको आगामी दिनको प्रगतिको कामना गर्नुभएको थियो ।
करिब डेड सय जना जतिको  सहभागिता रहेको उक्त कार्यक्रममा गजलकार प्रकाश प्रयास, संग्राम सौगात , सङ्कर बी क सङ्गम , गोपाल न्यौपाने ,धिरेन्द्र स्पन्दन ,मानकाजी साक्य , हेमाराज पोख्रेल, खगेन्द्र खत्री (सुरज)सुशील अर्याल लगायतले समेत रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामचन्द्र शर्माले ब्यस्त समयका बाबजुत निमन्त्रणालाइ स्विकारेर उपस्थित भइ  कार्यक्रम भब्य बनाइदिनु भएकोले सबै संघ सस्थाका प्रतिनिधि ,पत्रकार, साहित्यकार लगायत सबैमा आभार ब्यक्त गर्नुको साथै  सुन्ने सुनाउनेको अत्यन्तै भिड भएकोले उचित बस्ने ठाउको ब्यबस्था गर्न नसकेको र समयको अभावले रचना वाचन गर्न छुट्नुभएका सबैमा प्रतिष्ठानको तर्फबाट क्षमा याचना गर्नुभएको थियो ।
यसैबिच सनातन साहित्य समाजका अध्यक्ष भबसवी बमजनले मन्तब्य राख्दै प्रतिष्ठानको हितकालागी ५१ हजार आर्थिक सहयोग समेत गर्नुभएको थियो ।
यही अबसरमा  प्रतिष्ठानले प्रखर गजलकार जीवन भण्डारीको गजल कृति “राहत”लोकार्पण सहित  सस्थाका होनहार सर्जक दिपेन्द्र भट्टराई र प्रतिष्ठानका पुर्ब सचिव तथा मुक्तककार बिष्णु वाग्लेलाई सम्मान गरेको थियो । प्रतिष्ठानका कोषाध्यक्ष लोकराज न्यौपानेले संयाेजन गर्नुभएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here