बुसानमा चर्चित कलाकारहरूको साथमा नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रम हुने, कार्यक्रममा स्टार रेमिटको सेवा पनि

495

सुदुरपश्चिम समाज बुसान कोरियाले नेपाली नयाँ बर्ष भव्य रूपमा मनाउने भएको छ। यहि अप्रिल १४ गते चर्चित कलाकारहरूको साथमा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको समाजले बताएको छ। सात समुन्द्र पारी परदेशमा रहेर पनी सुदुरपश्चिमेलीहरूको आफ्नो मौलिक कला संस्कृतिको जगेर्ना तथा परदेशिएका दाजुभाईहरू बिच दुःख सुख साटासाट तथा मनोरञ्जनको लागी यसरी पहिलो चोटी उक्त कार्यक्रम को आयोजना गर्न लागिएको सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान का अध्यक्ष ईश्वर बहादुर रोकायाले बताउनु भएको छ ।

बुसान सहर को बुसान यक मा रहेको न्यू लिटिल ईन्डिया नेपाली रेष्टुरेन्टमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । चर्चित लोकप्रिय गायिका डिलिशा पुन तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने उक्त कार्यक्रममा सम्पुर्ण दक्षिण कोरिया बासी सुदुरपश्चिमेली तथा नेपाली दाजुभाई दीदी बहिनी हरूलाई उपस्थित भैदिन हुन हार्दिक आह्वान समेत गरिएको सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान का महासचिव केशब रिमालले जानकारी गराउनु भएको छ।

त्यस्तै सो दिन पछिल्लो समय लोकप्रिय रेमिट स्टारेमिटको सबै सेवा लिन सकिने पनि बताईएको छ।स्टारेमिटले लोन सेवा पनि दिदैँ आएको छ। कार्यक्रमबारे थप जानकारी : मिती : 2019 अप्रिल 14 तारिख आईतबार स्थान : 부산 역 (113) Line no. -1 न्यू लिटिल ईन्डिया नेपाली रेष्टुरेन्ट बुसान समय : बिहान 11 बजेदेखी बेलुकी 4 बजेसम्म सम्पर्क ब्यक्तीहरू :- एल बी बिष्ट – 01068306852 ईश्वर रोकाया – 01031697640 केशव रिमाल – 01059274280 मदन गिरी – 01051182827 शिवराज भट्ट – 01074632380 राम बिष्ट – 01064535040 चन्द्र कार्की – 01084679109 महेन्द्र पन्त – 01038340662 नरेन्द्र रोकाया – 01042005113 कमल सिंह – 01027318432 खेमराज भट्ट – 01027071644

प्रतिक्रियाहरू