बुसान दक्षिण कोरियामा चासोक तङ्नाम पर्व भव्यताका साथ मनाइयो

369

“हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौ” भन्ने मूल नाराका साथ चासोक तङ्नाम पर्व कोरियामा भव्यताका साथ मनाइएको छ। लिम्बू जातीहरुको मौलिक पर्व तङ्नामको पावन अवसरमा विविध बहु-सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो। कार्यक्रममा आफ्नो जाती बिशेषको मौलिक पहिरनका साथ मानिसहरुको बाक्लो उपस्थिती रहेको थियो।

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा आयोजित कार्यक्रममा सह-आयोजकको रुपमा याक्थुङ सयङ गजेदो रहेको थियो। कार्यक्रममा गायिका दिपा सुहाङ, गायिका, संगीतकार  तथा मुन्धुमवीद झुमा लिम्बु, गायकहरु अर्जुन सुब्बा र दिवश पयाँगु लगायत स्थानीय कलाकारहरुले संगीतद्वारा माहोल तताएका थिए।

-- Ad --


गत आइतवार अर्थात् डिसेम्वर २३ तारिखका दिन किम्हे बुसानमा गरिएको कार्यक्रममा प्रमुख आतिथ्यता कि.या.चु. का अध्यक्ष सुन्दर दिप आङ्देङ्बेको रहेको थियो भने बिशेष अतिथिको रुपमा नेपालबाट पाल्नु भएका सांगीतिक टोली सहित कोरियामा रहेका बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै एन.आर.एन.ए केन्द्रीय सदस्य तथा कि.या.चु. बुसान शाखाका सल्लाहकार अंशुबर्मा लिम्बुले चासोक तङ्नाम पर्व लिम्बु जातीहरुको मात्रै पर्व नभई यसलाई सरकारले आगामी दिनमा राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पाँचथर सेवा समिति दक्षिण कोरियाले नवोदित गायिका दिपा सुहाङलाई सम्मान गरेको थियो।